भक्तपुर, २५ असोज । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले सरकारले शिक्षा र स्वास्थ्यको क्षेत्रमा व्यापक सुधारको थालनी गरेको बताउनु भएको छ ।
मध्यपुरथिमि नगरपालिका बोडेस्थित २००५ सालमा स्थापना भएको बोडे माध्यमिक विद्यालयको आज आयोजित ७५ औँ वार्षिकोत्सव एवं हिरक जयन्तीको उद्घाटन गर्दै उहाँले स्वास्थय र शिक्षा क्षेत्रमा सुधारका कामहरु सरकारलेसुरु गरिसकेको बताउनु भएको हो ।
उहाँले भन्नुभयो, “स्वास्थ्य र शिक्षाको क्षेत्रमा धेरै सुधार गर्नु पर्ने विषयहरु छन्, त्यस्ता विषलाई सरकारले सुधार गर्न थालनी गरिसकेको छ, स्वास्थ्य क्षेत्रको सुधारको कार्यको थालनी भइसकेको छ, अब कसैले पनि उपचार नपाएर ज्यान गुमाउनु पर्ने अबस्था आउने छैन ।”
उहाँले सबै नेपाली जनतामा स्वास्थ्यको पहुँच पुग्ने र उपचार नपाएर ज्यान गुमाउने पर्ने अबस्था अब नआउने बताउदै गरिब, असाहय, अपाङ्गलगायतका नागरिकको निःशुल्क उपचारको व्यबस्था हुने बताउनु भयो ।
मन्त्री बस्नेतले भक्तपुरका सरकारी अस्पतालदेखि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरिया मैत्री अस्पतालसम्मलाई उच्च प्रबिधि युक्त बनाउने र सहज रुपमा गुणस्तरीय सेवा प्रवाह गर्ने गरि सेवा बिस्तार लगायतका कार्यमा सरकार प्रतिबद्ध रहेको बताउनु भयो । उहाँले आफ्नो तर्फबाट यहाँको अस्पतालको लागि गर्नु पर्ने र हुने आवश्यक काम गर्ने बताउदै त्यसका लागि योजनाहरु अगाडि बढाउन पनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभाका सांसद दुर्लभ थापाले शिक्षा र स्वास्थयमा रहेको बेथितिको अन्त्य गर्दै सहजता प्रदान गर्न सरकार लाग्नु पर्ने औल्याउनु भयो ।
मध्यपुरथिमि नगरपालिकाकाप्रमुख सुरेन्द्र श्रेष्ठले नगरपालिकाले नगरवासीका लागि निःशुल्क रगतथ उपलब्ध गराएको, स्वास्थ्य बिमालाई निःशुल्क व्यबस्थापन गर्दै आएको, आगामी चार वर्षमा थिमिका सबै नागरिकमा निःशुल्क स्वास्थ्य बिमाको पहुँच पुर्याउने बताउदै नेपाल कोरिया नर अस्पताल देशकै उत्कृष्ठ अस्पताल बनाउन लागिरहेको बताउनुभयो ।
नगरपालिकाका उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिकाले नगरवासीलाई उपचारका लागि अन्यत्र जानु नपर्ने गरि आफ्नै अस्पतालबाट सेवा प्रवाह गरेको बताउदै अस्पताललाई उच्च प्रबिधि मैत्री बनाउन सरकारले आवश्यक सहयोग गर्नु पर्ने बताउनु भयो ।
विद्यालय व्यबस्थापन समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति गणेशमान चक्रधरले बोडेमा २००५ सालमा स्थापना भएको विद्यालयले ७५ वर्ष पार गरेको बताउदै यो अबधिमा गुणस्तरीय शिक्षा प्रदान गर्न लागिरहेको बताउनु भयो ।
कार्यक्रममा स्थापनाकाल २००५ बाट यस विद्यालयमा अध्ययन गर्नु भई हाल आदर्श मावि लायकु थिमिका प्रधानाध्यापक बुद्धिकुमार घो र अर्का हरिहरमान थापा श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्रसहित सम्मान गरेको उहाँले बताउनु भयो ।