६.४ रेक्टर स्केलको भूकम्पबाट घरहरू भत्किएपछि पीडितहरू घरबारविहीन बनेका छन्। जाजरकोट, रुकुम पश्चिम, दैलेख लगायतका जिल्लामा घरहरू भत्कँदा सर्वसाधरण बारीको पाटामा रातिदेखि नै छन्। शनिबार राति बारीकै पाटामा कोही त्रिपालमुनी बसेका छन् भने कोही खुला आकाशमै परालको ओछ्यानमा भेटिएका कम्बल ओडेर बसेका छन्।
पीडितहरू भने जाडोमा त्रिपालबिनै रात काट्न बाध्य छन्। जाजरकोट भूकम्पमा परी अहिलेसम्म १५७ जनाको निधन भएको सरकारले बताएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि आफैं दिनभर प्रभावित क्षेत्रको अनुगमनमा पुगेका थिए।