भक्तपुर, ४ पुस : दुईदिनदेखि नौ वर्षीया बालिकालाई झ्यालीमा बन्दक बनाइ बलात्कार गरेको अभियोगमा प्रहरीले आज ४९ वर्षीय सोमबहादुर स्याङतानलाई पक्राउ गरेको छ ।
प्रहरीले पीडित बालिकाको उद्धार गरि प्रहरी परिसर भक्तपुरको संरक्षणमा राखेको प्रहरी निरीक्षक किशोर ढुङ्गानाले जानकारी दिनुभयो ।
बालिकालाई बन्दक बनाइ बलात्कार गरेको अभियोगमा सिन्धुली कमलामाई नगरपालिका–११ घर भई हाल चाँगुनारायण नगरपालिका–२ दुवाकोट स्थित इट्टा भट्टामा काम गर्ने स्याङतानलाई प्रहरीले जिल्ला अदालत भक्तपुरमा जवरजस्ती करणी मुद्दामा ५ दिन म्याद थप गरि अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।