हामीसँग जोडिनुहोस

बृहत खानेपानी आयोजनाको शिलान्यास, सूर्यविनायकको घरघरमा खानेपानी विस्तार हुदै

3 मिनेट

-रमेश गिरी

‘भक्तपुर, ८ मङ्सिर : सूर्यविनायक नगरपालिकाको घरघरमा खानेपानी पुर्याउने अभियान सुरु भएको छ । अभियान अन्र्तगत नगरपालिकाको १ देखि ६ नम्बर वडासम्म मेलम्चीको खानेपानी घरघरमा पुर्याउने नगरपालिकाले अभियान सुरु गरेको हो ।

घरघरमा खानेपानी पुर्याउन नगरपालिकाले आज सूर्यविनायकमा आयोजना गरेको कार्यक्रममा वागमति प्रदेश सभाका सदस्य किरण थापा र सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, नगर उप प्रमुख सरिता तिम्सिना भट्टराई, नगरपालिकाका प्रबक्ता रबिन्द्र सापकोटाले संयुक्त रुपमा सूर्यविनायक बृहत खानेपानी आयोजनाको शिलान्यास गर्नु भएको छ ।

मेलम्ची खानेपानी घरघरमा पुर्याउन मेलम्ची आयोजना अन्तर्गत यसअघिनै सूर्यविनायक–६ पाण्डुबजारमा हाइटमा निर्माण सम्पन्न भएको ६० लाख लिटरको पानी ट्याङ्की स्थलमै आयोजनाको आज शिलान्यास गरिएको हो ।

कार्यक्रममा बोल्दै बाग्मती प्रदेश सभा सदस्य किरण थापाले वर्षौदेखि खानेपानीको अभाव झेलिरहेका सूर्यविनायक नगरपालिका वडा नं. १, २, ३, ४, ५ र ६ का वासिन्दाको घरघरमा मेलम्चीको पानी पुर्याउने अभियान अन्तर्गत आज आयोजना सुरु भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सूर्यविनायक बृहत खानेपानी ओजनाका लागि वाग्मति प्रदेश सरकारले ९५ लाख रूपैयाँको बजेट बिनियोजन गरेको छ, यसलाई सम्पन्न गर्न एक करोड रूपैयाँ ल्याउन मैले प्रयास गरिरहेको छु, यस नगरपालिका भित्र खानेपानीको अभाव भएका क्षेत्रमा समेत खानेपानी पुर्याउन प्रदेश सरकार मार्फत काम अघि बढेको छ ।’

कार्यक्रममा नगर प्रमुख वासुदेव थापाले नगरपालिका क्षेत्रभित्र ठूलो समस्याको रुपमा रहेको खानेपानीको समस्या पूर्ण रुपमा समाधान गर्दै एक वर्ष भित्र १ देखि ६ वडामा र तीन वर्ष भित्र सबै वडाका घरघरमा खानेपानी पुर्याउने बताउनुभयो ।

नगर प्रमुख थापाले भन्नुभयो, ‘यस नगर क्षेत्रमा सबैभन्दा ठुलो समस्याका रूपमा रहेको खानेपानीको समस्या समाधान गर्न नगरपालिकाले चालु वर्षको वजेटमा मात्रै आठ करोड रुपैयाँको बजेट बिनियोजन गरेका छौँ, हामी नगरपालिकाको प्रत्येक वडाको घरघरमा दैलोदैलोमा खानेपानी पुर्याउने छौँ ।’ उहाँले खानेपानी समस्या समाधानका लागि संघीय र प्रदेशबाट समेत सहयोग रहेको बताउनुभयो ।

नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिकामा पानी ट्याङ्की निर्माण गरेर अन्य नगरपालिकामा खानेपानी वितरण गर्दै आएको मेलन्ची खानेपानी आयोजनासंग आफुहरुले पटक पटक बसेर छलफल गरि यहाँका खानेपानी अभाव रहेको छ वटा वडामा मेलम्चीको पानी वितरण गर्ने गरि योजना पार्न सफल भएको बताउनुभयो ।

उहाँले यहाँका जनप्रतिनिधिले विगतका वर्षहरुदेखिनै विभेदरहित ढंगले प्रत्येक नागरिकको सेवाका लागि खानेपानी, सडक, शिक्षा, स्वास्थ्य र रोजगारमुलक कार्यमा काम गर्दैै आइरहेकोसमेत बताउनुभयो ।

कार्यक्रममा नगर उप प्रमुख सरिता तिम्सिना भट्टराईले मेलम्ची खानेपानी बिस्तारका लागि पाइपलाईको व्यबस्थापनदेखि अन्य श्रोतबाट पनि पानीको मूल पहिचान गर्दै स्थानीयलाई पानीको व्यबस्था गर्न नगरपालिका लागि रहेको बताउनुभयो । उहाँले २०८१ सालभित्र घरघरमा मेलम्चीको पानी पुर्याउने लक्ष्यलाई पूर्णता दिइने दाबी गर्नुभयो ।

नगरपालिकाका प्रबक्ता रबिन्द्र सापकोटाले भन्नुभयो, ‘यो आयोजना सम्पन्न गर्न बिस्तृत परियोजना तयार गरि रु. ८ करोड ४ mाखमा सम्पन्न गर्ने गरि ठेक्का सम्झौता समेत भइसकेको छ, आयोजना सम्पन्न भएसँगै एकवर्ष भित्र काठमाडौं उपयत्का खानेपानी लिमिटेडको पानी ट्याङ्की मार्फत दैनि २० लाख लिटर पानी वितरण गर्नेछौँ ।’

सुवर्णेश्वर, घट्टेखोला, शिकारीटार, दक्षिण बाराही वन, बालकोट, सिरुटार स्वास्थ्य चौकी, बालकोटठठ स्ूवास्थ्य चौकी, पाण्डुबजारमा रहेका पानी ट्याङ्कीहरु मार्फत १ देखि ६ वटासम्मका बासिन्दालको घरघरमा पानी वितरण गर्ने व्यबस्था गरिएको उहाँले बताउनुभयो ।

यसका लागि १०.४ किलोमिटर लामो पाइपलाइन बिस्तार गरिसकेको बताउदै उहाँले स्थानीयस्तरमा रहेको खानेपानी उपभोक्ता समितिको रेखदेशमा रहेने गरि पानी वितरण गरिने बताउनुभयो । गुण्डृुमा मात्रै नगरपालिकाको ६० र स्थानीयको ४० प्रतिशतको लागत साझेदारीमा १० लाख लिटर क्षमताको पानी ट्यांङ्की निर्माणको क्रममा रहेको बताउनुभयो ।

नगरपालिकाका इन्जिनीयर जनक न्यौपानेले नगरका वडा नं. १ देखि ६ सम्मका बासिन्दालाई पानी वितरण गर्न चार इन्चको पाइपको व्यबस्थापन गरेको बताउनु भयो । कार्यक्रममा प्राबिधिक पक्षबारे जानकारी दिदै परामर्शदाता पारश महतले ग्लोवल वार्मिङ्गका कारण काठमाडौं उपत्यका भित्रका धेरै ठाउँमा जमिन मुनीको पानीको श्रोत सुकिसकेकाले पाँच÷सात स्थानमा बोरिङ्ग गर्दा पनि पानी नआएपछि मेलन्चीको पानीको ल्याउन संरचना निर्माण भएको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।