हामीसँग जोडिनुहोस

तान्त्रिक शक्ति रहेको नवदुर्गा नाच मध्यपुरथिमिमा प्रदर्शन

1 मिनेट
भक्तपुर, १० पुस :  तान्त्रिक शक्ति रहेको भक्तपुरको ऐतिहासिक एवम् धार्मिक महत्व बोकेको प्रसिद्ध नवदुर्गा नाच मध्यपुरथिमिमा आज रातीबाट प्रदर्शन सुरु भएको छ । यसवर्ष मध्यपुरथिमिमा नवदुर्गा देवगणले आज थिंला पुन्ही अर्थात यःमरी पुन्हीको दिन साँझ दिगुटोलबाट नाच प्रदर्शन सुरु भएको हो ।
नवदुर्गा देवगणलाई नाच प्रर्दशनका लागि स्वागत गरि प्रसाद ग्रहण गर्दै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले अबको एक साता मध्यपुर थिमिको बालकुमारीस्थित नवदुर्गा द्यो छेंमा बसेर देवगणले नगरका विभिन्न स्थानमा नाच प्रदर्शन गरी जात्रा सञ्चालन गर्ने व्यबस्था गरेको बताउनुभयो ।
नवदुर्गा देवगणले पुस ११ गते चपाचोमा प्यमा द्यो नाच, १२ गते भुँलाखेलमा प्यमा द्यो नाच र खाँ प्याखँ नाच, १३ गते नगदेश र बोडेमा, १४ गते दथुटोलमा, १५ गते चित्रपुर, मरु टोल र वप्पा महादेव क्षेत्रमा मुँ वाहन लिकेगु नाच प्रर्दशन गरिने भएको छ ।
अन्तिम दिन पुस १६ गते मरुटोल र बालकुमारी प्राङ्गणमा बाराही नाच, सिम्हादुम्हा न्यालाकेगु नाच, महाकाली नाच, श्वेत भैरव न्यालाकेगु जात्रापछि आरती गरी जात्रा मध्यपुरथिमिको नाच प्रर्दशन सम्पन्न हुने उहाँले जानकारी दिनुभयो ।
नगरपालिकाको तर्फबाट नगर प्रमुख श्रेष्ठ, उपप्रमुख बिजयकृष्ण श्रेष्ठलगायत वडाअध्यक्षहरुको सहभागितामा नवदुर्गालाई स्थानीय सरकारी पुजा चढाएको छ ।
भक्तपुरको नवदुर्गा नाच देखाउन भक्तपुरबाट सुरु भई काठमाण्डौं उपत्यकाका विभिन्न स्थानका साथै काभ्रेपलाञ्चोकको बनेपा, पनौती, शंखुलगायतका स्थानमा जाने परम्परा रहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।