भक्तपुर, ११ पुस । नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ ले यहीँ पुस १४ गते नेपाली काँग्रेस भक्तपुर क्षेत्र नं २ को क्षेत्रीय सम्मेलन आयोजना गर्ने भएको छ । आज आफ्नै कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा यसबारे जानकारी दिदै क्षेत्रीय सभापति भेषबहादुर कार्कीले आउँदो शनिबार १४ गते कौलटारस्थित त्रिशक्ति व्याडक्वैटमा भव्य रुपमा सम्मेलनको आयोजना गर्न लागेको बताउनु भएको हो ।
सम्मेलनमा दुई वटा प्रदेश सभा क्षेत्र ‘क’ र ‘ख’ का गरी ६०८ जना क्षेत्रीय प्रतिनिधि र पर्यबेक्षक तथा शुभचिन्तकहरु समेत गरी करिब ८०० जनाको सहभागिता रहने उहाँले बताउनुभयो ।
सम्मेलनको नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले उद्घाटन गर्ने कार्यक्रम निर्धाण भएको भन्दै उहाँले कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, बागमती प्रदेशका सभापति इन्द्र बानियाको बिशेष आतिथ्यता रहने बताउनुभयो ।
सम्मेलनको उद्घाटन सत्रमा पूर्व जिल्ला सभापतिज्यूहरु, प्रदेश सभा सदस्यहरु, महासमिति सदस्यहरु, महाधिवेशन प्रतिनिधिहरु, जिल्ला, प्रदेश, नगर कार्यसमितिहरु, पदाधिकारी सदस्यहरुलगायतसम्पूर्ण पार्टीको तर्फबाट निर्वाचित जनप्रतिनिधि, क्षेत्रीयप्रतिनिधिहरु, भातृसंघलगायत विभिन्न तहका प्रतिनिधि, पर्यबेक्षक तथा शुभचिन्तकहरु गरी करिब १५०० जनाको सहभागिता रहने अपेक्षा गरेको छ । बन्द सत्रमा भने करिब ६०० जना प्रतिनिधि, पर्यवृक्षक एवं शुभचिन्तकको सहभागिता रहने छ ।
बन्द सत्रमा क्षेत्रीय सभापति भेषबहादुर कार्कीले राजनैतिक प्रतिवेदन, सचिवद्धय इश्वर खड्का र सविन ढुङ्गेलले साङ्गठनिक प्रतिवेदन तथा कोषाध्यक्ष धर्मभक्त श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने र बृहत छलफल गरि पारित गरिने भएको छ । सम्मेलनको घोषणपत्र जारी गरी कार्यक्रमको समापन गरिने पत्रकार सम्मेलनमा बताइएको छ ।
सम्मेलनमा करिब २ लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको र खर्च ब्यबस्थापनका लागि सहभागिहरुको नाम दर्ता शुल्क र पार्टीका शुभेक्षुक एव दाताहरुले दिने आर्थिक सहयोगले परिपुर्ति गरिने भएकोे छ । सम्मेलनलाइ भब्य बनाउन सचिव सुनिल ठकुरीको संयोजकत्वमा ७ सदसीय सम्मेलन तयारी समिति गठन गरिएको सम्मेलन पूर्वतयारी समिति संयोजक समिल उक्रीले जानकारी दिनुभयो ।