हामीसँग जोडिनुहोस

बालकुमारी घटना : ललितपुरका सीडीओ र एसएसपी केन्द्रमा तानिए,तीन जना निलम्बित

1 मिनेट

काठमाडौं, १४ पुस ।  सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र वरिष्ठ प्रहरी उपरीक्षक एसएसपी सिद्धिविक्रम शाहको जिम्मेवारी खोसेर हेडक्वार्टरमा तान्ने निर्णय गरेको छ ।

शुक्रबार ललितपुरका बालकुमारीमा भएको झडपमा सुरक्षा कमजोरी गरेको भन्दै सीडीओ पण्डितलाई गृह मन्त्रालय र एसएसपी शाहलाई प्रहरी प्रधान कार्यालय तान्ने निर्णय गरिएको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार उनीहरुलाई निलम्बन गरिएको नभएर नैतिक जिम्मेवारी ननिभाएकोमा हेडक्वार्टर तानिएको हो ।

यसैबीच सरकारले फिल्ड कमाण्डमा खटिएका ललितपुरका डीएसपी उमेश लम्साल ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदी र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अंगरक्षक बोधराज दनुवारलाई निलम्बन गरेको छ ।

यसअघि आज विहान प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई सुरक्षामा कमजोरी देखिएको बताउँदै ती अधिकारीहरूलाई निलम्बनका लागि निर्देशन दिएका थिए।

सोही आधारमा उनीहरूमध्ये दुई जनालाई जिम्मेवारीबाट हटाइएको र तीन जनालाई निलम्बन गरिएको हो।

यसअघि हिजो उक्त घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरी नायव महानिरीक्षक (डिआइजी) लालमणि आचार्यको संयोजकत्वमा छानबिन समिति बनाइएको छ। उक्त समितिलाई सात दिनको कार्यादेश दिइएको छ।

शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाएका युवाले उक्त कार्यालय ग्वार्कोमा प्रदर्शन गरेका थिए। त्यसक्रममा दुई जनाको ज्यान गएको थियो। प्रदर्शनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीसमेत जलाएका थिए।

उक्त घटनामा एक मृतकलाई गोली लागेको छ भने अर्का व्यक्तिको मृत्युको कारण खुलेको छैन तर प्रत्यक्षदर्शीले भने प्रहरीको कुटपिटबाट मृत्यु भएको दावी गरेका छन्।

त्यसघटनामा प्रहरीसहित ७ जना घाइते भएका छन् भने ७३ जनालाई पक्राउ गरिएकोछ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।