
भक्तपुरः १८ पुस । गुणस्तरीय शिक्षासँगै खेलकुदमा निकै अगाडि बढ्दै गएको भक्तपुरको मदरल्याण्ड इङलिस स्कुलका विद्यार्थी अन्तर्राष्ट्रिय ताईक्वान्दो प्रतियोगितामा प्रतिस्पर्धा गर्न भारत प्रस्थान गरेका छन् ।
भारतको कोलकत्तामा यहि पुस २० र २१ गते (२०२४ जनवरी ५ र ६) मा आयोजना हुन लागेको ‘गुवील अन्तर्राष्ट्रिय ताईक्वान्दो प्रतियोगिता’मा भाग लिन नेपालको तर्फबाट पाँच खेलाडि पुस १८ गते बुधबार मास्टर लक्ष्मण वस्नेतको नेतृत्वमा कोलकत्ता प्रस्थान गरेको हो ।
मदरल्याण्ड स्कुलमा कक्षा ८ मा अध्ययनरत अन्तर्राष्ट्रिय पदक विजेता जयराम विक जुनियर अन्डर ४८ केजी तर्फ र मदरल्याण्ड स्कुलकी पूर्व विद्यार्थी एवं मदरल्याण्ड समूहबाट प्रशिक्षित महिला सिनियर अन्डर ४९ केजी तर्फ आरती सिंख्वाल लगायत जुनियर अन्डर ५९ केजी तर्फ निशान्त लामिछाने, सिनियर अन्डर ६८ केजी तर्फ शान्तकुमार राणामगर र अस्तिक नकर्मीले ताईक्वान्दो प्रतियोगितामा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्ने भएका छन् ।
नेपाल, भारत, बगंलादेश, भूटान लगायत बिभिन्न देशका खेलाडिहरु सहभागी हुने प्रतियोगितामा नेपालको तर्फबाट बिशेष अतिथिको रूपमा ताईक्वान्दो आईटीएफÞ नेपालका अध्यक्ष लक्ष्मण बस्नेत सहभागि हुने भएको छ ।
सहभागी टोलीलाई बनेपा १३ स्थीत विकटेश्वर मन्दिरका पुजारी प्रदीप पौड़ेलले मन्दिर प्रांगणमा वैदिक परम्परा अनुशार मन्त्रोचारण गरी सफलताको आशीर्वाद दिनूभई बिदाई गर्नु भएको थियो । विद्यार्थीलाई मदरल्याण्ड स्कुल भक्तपुरका दुई खेलाडिलाई स्कुलकी व्यवस्थापक शर्मिला देउजाले टीका तथा खादा लगाई सफलताको कामना गर्दै विदाई गर्नु भएको थियो ।