हामीसँग जोडिनुहोस

एक रुपैयाँ घट्यो पेट्रोलियम पदार्थको मूल्य

1 मिनेट

काठमाडौं, १ माघ  : नेपाल आयल निगमले माघ २ गते राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले आइतवार राति एक प्रेस विज्ञप्ती जारी गर्दै सोमबार राति १२ बजेपछि मूल्य घटाइएको जनाएको हो ।

निगमले आज १५ जनवरी, २०२४ मा इण्डियन आयल कर्पोरेशनबाट प्राप्त नयाँ खरिद मूल्य अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर १ रुपैयाँ २६ पैसा तथा डिजेलको मूल्यमा प्रति लिटर ८३ पैसाले घटेर आएकाले नेपालमा पनि मूल्य घटाउने निर्णय गरेको हो ।

निगम सञ्चालक समितिको निर्णय अनुसार १६ जनवरी २०२४ (माघ २ गते बिहान १२ः०१ बजे) देखि लागू हुने गरी पेट्रोल तथा डिजेल मट्टिटेलको साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर एक रुपैयाँ घटाइएको छ, विज्ञप्तीमा भनिएको छ ।

घटेको मूल्य अनुसार अब पेट्रोल प्रति लिटर १६३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १६५ रुपैयाँ (दोस्रो वर्ग) तथा १६६ रुपैयाँ (तेस्रो वर्ग) तोकिएको छ । त्यस्तै, डिजेल/मट्टिेतेल प्रति लिटर १५३ रुपैयाँ ५० पैसा (पहिलो वर्ग), १५५ रुपैयाँ (दोस्रो वर्ग) तथा १५६ रुपैयाँ (तेस्रो वर्ग) निर्धारण गरिएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।