हामीसँग जोडिनुहोस

सभापति थापा निवासमा उपप्रधान एवं रक्षामन्त्री खड्का, राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनलाई सघाउन आग्रह

3 मिनेट

नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाको निवासमा उहाँको स्वास्थ्यलाभको कामना गर्न पूग्नु भएका रक्षामन्त्री खड्काले राजनीतिक छलफल गर्दै यस्तो आग्रह गर्नु भएको हो ।

===================================================
भक्तपुर, १ माघ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आउँदो ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको उम्मेदवारको पक्षमा मतदान गर्न भक्तपुरका प्रतिनिधिहरुलाई आग्रह गर्नु भएको छ ।
आज नेपाली काँग्रेस भक्तपुर जिल्ला सभापति एवं प्रतिनिधिसभा सांसद दुर्लभ थापाको निवासमा उहाँको स्वास्थ्यलाभको कामना गर्न पूग्नु भएका रक्षामन्त्री खड्काले राजनीतिक छलफल गर्दै यस्तो आग्रह गर्नु भएको हो ।
नेपाली काँग्रेसबाट विजयी हुने सांसद, काँग्रेसका प्रदेश सांसद, जिल्लाका काँग्रेसका नेता एवं पदाधिकारीहरु, प्रतिनिधिहरुसमेतको भेटघाट एवं छलफलमा उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको उम्मेदवारलाई विजयी गराउनु पर्ने कर्तव्य पार्टीमा आएको बताउनु भयो ।
नेपाली काँग्रेसका उपसभापतिसमेत रहनु भएका खड्काले पार्टी केन्द्रीय कार्यसमितिले जारी गरेको सर्कुलरलाई आत्मसात गर्दै राष्ट्रिय सभा सदस्य निर्वाचनमा गठबन्धनको पक्षमा मतदान गर्नु प्रतिनिधि सबैलाई आव्हान समेत गर्नुभयो ।
अहिले सरकार गठबन्धनको रहेको र गठबन्धनबाटै उम्मेदवार तय गरेकाले काँग्रेसकै नेतृत्वमा गठबन्धनलाई विजयी गराउनु पर्ने कर्तव्य पनि काँग्रेसकै काँधमा आएकाले त्यो जिम्मेवारी पुरा गर्न सबै लाग्नु पर्ने उहाँले बताउनु भएको नेपाली काँग्रेस भक्तपुरका सचिव शुसिल बस्नेतले जानकारी दिनुभयो ।

राजनीतिक छलफलमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नेपाली सेनाको खरिपाटीस्थित सैनिक प्रतिष्ठानबाट वडा नं. ५ छालिङ्ग जाने सडकमा पूर्व सहमति अनुसार पर्खाल लगाउन सेनाले सहयोग गर्नु पर्ने बताउनु भयो । 

यो सडकको विषयलाई लिएर नेपाली सेनासंगको पटक पटक छलफल भए पनि समस्याको निकास ननिस्कएकाले रक्षा मन्त्रीले समन्वय गरिदिन आग्रह गदेृ नगर प्रमुख खत्रीले त्यहाँको अहिलेको अबस्था र समस्याका बारेमा उपप्रधान एवं रक्षामन्त्रीलाई जानकारी गराउनु भएको सचिव बस्नेतले जानकारी दिनुभयो ।
छलफलमा चाँगुनारायण–५ का वडाध्यक्ष जयन्द्र खड्काले नेपाली सेनाले सहयोग नगर्दा सडकको बिकासका आएको समस्याकाबारेमा उपप्रधान मन्त्री खड्कालाई जानकारी गराउनु भएको थियो् ।
सांसद एवं काँग्रेस जिल्ला सभापति थापाले जिल्लाको राजनीतिक अबस्थाकाबारेमा उहाँलाई जानकारी गराउदै भक्तपुरको बिकासका लागि सरकारले चासो दिनुपर्ने औल्याउनु भएको थियो ।
राजनीतिक छलफलमा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले नेपाली सेनाको खरिपाटीस्थित सैनिक प्रतिष्ठानबाट वडा नं. ५ छालिङ्ग जाने सडकमा पूर्व सहमति अनुसार पर्खाल लगाउन सेनाले सहयोग गर्नु पर्ने बताउनु भयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।