हामीसँग जोडिनुहोस

भक्तपुरमा सम्यक दानपर्व

1 मिनेट

भक्तपुर, १ माघ :भक्तपुरमा ३५० वर्ष अघि अर्थात नेपाल सम्बत ७८७ साल भन्दा अघिबाट सुरु भएको बौद्ध धर्मावलम्बीहरुको सम्यक दान पर्व भव्य रुपमा मनाएका छन् ।

पाँच दिपकंर सहित अन्य स्वर्ण दिपंकरका मुर्तिहरुलाई स्थानिय थथुवहिमा विराजमान गराई भक्तपुरको नियमित र ऐच्छिक सम्यक भोजन गराई मनाईने सम्यक दान पर्व यहाँका बौद्ध धर्मावलम्बीहरुले आव दिनभरी नै भव्य रुपमा यो र्व मनाउने गर्दछन् ।

चतुब्रम्ह महाविहारका बज्राचार्य जयरत्नले स्थापना गर्नुभएको यो पर्व भक्तपुरमा हरेकवर्ष माघ १ गते मकर संक्रान्तिका अवसरमा मनाईने गरिन्छ ।

सम्यक दानमा परम्परागत रुपमा स्थापना भएका बौद्ध विहारहरुमा दिक्षित भई गृहस्थ बौद्ध भिक्षुहरु शाक्य र बज्राचार्य बन्धुहरुलाई भोजन, अन्न दक्षिणा दिईएको थियो । भक्तपुर तथा उपत्यकाका विभिन्न स्थानबाट आएका वौद्ध धर्मावलम्बीहरुले दान गरेको सम्यक महादान व्यबस्थापन समितिका देवचन्द्र बज्राचार्यले बताउनुभयो ।

भक्तपुरमा रहेको प्रमुख पाँच दिपंकर बुद्धको प्रतिमूर्तिहरुलाई बर्षको दुईपटक सम्बन्धित विहारबाट बाहिर ल्याई नगर परिक्रमा गराई जात्रा गर्ने प्रचलन अन्र्तगत सम्यक दान पर्वका दिन आज पाँच दिपंकर बुद्धको प्रतिर्मूतिहरु भक्तपुर परिक्रमा गराई विराजमान गराईएको उहाँले बताउनुभयो ।

काठमाडौँमा १२ वर्षको एकपटक स्वयम्भूको भुईख्याल, ललितपुरमा ५ वर्षमा एकपटक नागवहाल र भक्तपुरमा प्रत्येक वर्ष नियमित रुपमा यो पर्व मनाउदै आएको छ । भक्तपुरमा प्रत्येक वर्ष नःपुखु (गुह्य पोखरी) को पश्चिम थथुवहिको परिसरमा रहेको भूइख्यल क्षेत्रमा सम्यक भोजन दान गरिने चलन रहेको बज्राचार्यले बताउनुभयो ।

धर्तीमा उब्जनी भएका सबै व्यञ्जन र विशेष परिकार बनाएर चढाउने र भिक्षा दाने परम्परा रहेको उहाँले बताउनुभयो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।