हामीसँग जोडिनुहोस

दुर्घटनामा चालकको मृत्यु

1 मिनेट

भक्तपुर, १० माघ ; भक्तपुरको सल्लाघारीबाट सूर्यविनायकतर्फ जादै गरेको बागमति प्रदेश ०२–०२२ प ८७३२ नं. को मोटरसाईकले आज सोही दिशातर्फ जाँदै गरेको बागमती प्र ०२–०२१ प ९०३२ नं. को स्कुटरलाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

भक्तपुर नगरपालिका–१ चुनदेबी आकाशे पुल नजिक भएको दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सूर्यविनायक नगरपालिका–६ पाण्डुबजार बस्ने २० वर्षीय ओम के.सी.को मृत्यू भएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक बसन्त पाठकले जानकारी दिनुभयो ।

दुर्घटना भएका सवारी साधन र स्कुटी चालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका –९ घरभई हाल काठमाण्डौ कपन बस्ने २६ वर्षीय रोशन तामाङलाई प्रहरी वृत्त जगाती भक्तपुरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।