
भक्तपुर, २ फागुन । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्य सचिव टंकलाल घिसिङले सरकारले आगामी आर्थिक वर्षबाट राज्यको १६ औँ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताउनु भएको छ ।
आज नेपाल सितेरियो सोबुकान कराते डो संघ अन्तर्गत मध्यपुर कराते एकेडेमीको चौथो वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा बोल्दै उहाँले सरकारले बजेट सहित १६ औ योजनामा खेलकुदलाई समावेश गर्ने तयारी गरेको बताउनु भएको हो ।
उहाले भन्नुभयो, “जबसम्म विद्यालय तहमा खेलकुदलाई अनिवार्य गरिदैन तबसम्म ठूला अन्तर्राष्ट्रिय पदक जित्न गाह्रो छ, त्यसैले सरकारले आगामी बर्षदेखि विद्यालय तहको पाठ्यक्रममा खेलकुदलाई अनिवार्य विषयको रुपमा समावेश गर्दै सैद्धान्तिक र प्रयोगात्मक अभ्यास गर्ने गरि व्यबस्था गर्न गराउन परिषद् लागिरहेको छ, यसो हुन सके खेलकुदका ठूला प्रतियोगितामा देशले ठूला नतिजा हासिल गर्न सक्छ ।” देशमा अब खेलेर पनि जीवन धान्न सकिने अ बस्था आएको भन्दै उहाँले खेल र खेलाडीलाई व्यबसायिक बनाउन परिषद् लागिरहेको बताउनुभयो ।

सदस्य सचिव घिसिङले भन्नुभयो, “राज्यलाई पदक दिलाई रहदखाँ खेलाडीले चाँही के पाउने भन्ने सवाल उठिरहन्छ, अब खेलाडीले पनि पाउने व्यबस्था गरिएको छ, यसपाली मात्रै ओलम्पिकमा स्वर्ण पदक प्राप्त गर्ने खेलाडीलाई सरकारले रु. एक करोड ३३ लाख नगद पुरस्कारको व्यबस्था गरिएको छ । यस्ता पुरस्कारको व्यबस्था थप गर्दै लेगेको छ ।”
खेलाडीलाई बिमाको नीति नै नभएको हाम्रो देशमा राखेपकै पहलमा खेलकुद बिमाको व्यबस्था गरेको बताउदै उहाँले खेलकुद बिज्ञान भएकाले व्यबसायिक प्रशिक्षक उत्पादन गर्दै व्यबसायिक खेलाडी उत्पादन गर्न खेलकुद ल्याब स्थापना गर्न लागिपरेको चर्चा गर्नुभयो ।
उहाँले खेलकुदको बिकास गर्न तीन तहकै सरकार सक्रिय हुनुपर्नेमा जोड दिदै स्थानीय तहको सरकार जिम्मेवारस भएर लाग्नु पर्ने र विद्यालय तहमा अनिवार्य खेलकुदको प्रशिक्षण लागु गर्नु पर्ने बताउनुभयो ।

कार्यक्रममा मध्यपुरथिमि नगरपालिकाका पूर्व प्रमुख एवं मध्यपुर कराते एकेडेमीका संरक्षक मदनसुन्दर श्रेष्ठले ट्रलिबस कार्यालयको सब स्टेशनको रुपमा रहेको भवन प्रयोग बिहिन रुपमा खेर गइरहेको अबस्थामा आफू नगर प्रमुख हुँदा सदुपयोग गर्दै करातेको एकेडेमी बनाउन सफल भउको बताउनु भयो । कराते सिक्दा आफ्नो सुरक्षा आफै गर्न सक्ने भन्दै उहाँले आफूमाथि विप्लब माओवादीले आक्रमण गर्दा आफुलाई बचाउ गर्न सफल भएको बताउनुभयो ।
उहाँले करातेमा प्रशिक्षक र खेलाडी उत्पादन गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्ने जनशक्ति उत्पादन गर्न मध्यपुरथिमिमा एकेडेमी बनाएको बताउनुभयो । उहाँले जुनियर र सिनियर गरि तीन वटा प्रशिक्षण्क हल बनाएर प्रशिक्षण सुरु गरेको पनि चार वर्ष बितिसकेको स्मरण गर्नुभयो । फुटबल खेलाडी उत्पादन गर्न मध्यपुर युथ एशोसियन गठन गरेको करातेका लागि एकेडेमी स्थापना गरेको बताउनुभयो ।
कार्यक्रममा एकेडेमीका अध्यक्ष सजन श्रेष्ठ, वरिष्ट उपाध्यक्ष रामसुन्दर श्रेष्ठलगायतले मध्यपुरमा फुटबलमा जस्तै करातेमा पनि खेलाडी उत्पादनमा सक्रिय रहेको बताउनुभयो । कार्यक्रममा सुरेश महर्जन र सुनिल श्रेष्ठलाई सम्मान गर्नुका साथै बिभिन्न खेलाडीहरुलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।