भक्तपुर, २९ माघ । ज्योतिषी, तान्त्रिक एबम वास्तु शास्त्री आदित्य सुरेशराज गिरीलाई सम्मान गरिएको छ । माघ २७ र २८ गते काभ्रेपलाञ्चोकको धुलिखेलमा सम्पन्न अन्तर्राष्ट्रिय ज्योतिष वास्तु तथा तन्त्र सम्मेलनमा भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली गिरीटोल निवासी उहाँलाई सम्मान गरिएको हो ।
दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समिति र एस्ट्रो वास्तु एण्ड साइन्सेस हव भारतको संयुक्त आयोजनामा सम्पन्न उक्त सम्मेलनले लामो समयदेखि ज्योतिष, तन्त्र एबम वास्तु शास्त्रको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ज्यो.गिरीलाई सम्मान गरिएको हो । यसअघि पनि नेपाल लगायत बिदेशका विभिन्न स्थानमा भएका सम्मेलन तथा कार्यक्रममा गिरी सम्मानित हुदै आउनु भएको थियो ।
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उद्घाटन गर्नु भएको उक्त सम्मेलनमा ज्योतिष, वास्तु तथा तन्त्रका विषयमा बृहत छलफल भएको थियो । कार्यक्रममा विभिन्न देशबाट सहभागी ज्योतिषी, वास्तुबिद एबम तान्त्रिक गुरुहरुले आ–आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका विशिष्ट व्यक्तिलाई समेत सम्मान गरिएको थियो ।
सम्मेलनमा नेपाल पञ्चांङ्ग निर्णायक समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारी, विश्व ज्योतिष महासंघका अध्यक्ष डा. लोकराज पौडेल, एसियन एस्ट्रोलोजर कंग्रेस अध्यक्षमण्डलका महासचिव प्रा.डा एस.के. शास्त्री, भारतबाट दक्षिण एसियाली ज्योतिष महासंघ केन्द्रीय समितिका सहअध्यक्ष आचार्य डा. अशोककुमार मिश्र, दक्षिण एसियाली ज्योतिष महासंघ राष्ट्रिय समिति बंगलादेशका कोषाध्यक्ष फकिर एसिर अरफत मेहदी, श्रीलंकाबाट दक्षिण एसियाली ज्योतिष महासंघ अन्तर्राष्ट्रिय समितिका उपाध्यक्ष डा. जिएम गुणपाला, दक्षिण एसियाली ज्योतिष महासंघ भुटानका सभापति डा. प्रेमसिंङ साम्पाङ राई, विश्व ज्योतिष महासंघ मलेसियाका सभापति डा. टी. सिल्वा, थाइल्यान्डबाट तनुश्री दुवे, विश्व ज्योतिष महासंघ बर्माका सभापति डा. नारायणप्रसाद पाण्डे र अमेरिका, जापान, चीनलगायतका विभिन्न देशका विशिष्ट व्यक्तिहरूको सम्मेलनमा सहभागिता रहेको थियो ।