भक्तपुर, २ फागुन : चिनिया“ नया“वर्ष २०२४ (ड्रयागन वर्ष) को अवसरमा आज भक्तपुर नगरपालिकाले विश्व सम्पदा सूचीमा रहेको भक्तपुर दरबारस्क्वायर (लायकू)मा विशेष साँस्कृतिक प्रदर्शनी आयोजना गरेको छ ।
नेपालस्थित चिनिया“ राजदूत महामहिम छन सोड्डसहितको चिनियाँ टोलीलाई साँस्कृतिक प्रदर्शनीमा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भादगाउँले टोपी र खादा लगाएर स्वागत गर्नुभयो ।

कार्यक्रममा नेपाल–चीनबीचको मित्रता र सांँस्कृतिक सम्बन्ध युगौंदेखिको पुरानो रहेको चर्चा गर्दै उहाँले भन्नुभयो–“तेह्रौं शताब्दीमा नेपालका वास्तुकलाविद् अरनिको चीन गएर निर्माण भएको श्वेत चैत्य नेपाल–चीनबीचको सयौं वर्ष अघिदेखिको मित्रता र सांस्कृतिक सम्बन्धको बलियो प्रमाण हो ।”

नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिका र चीनको लसान नगरपालिकाबीच मैत्रीपूर्ण सहकार्य स्थापना गर्न सहमत भइ हस्ताक्षर भएको बताउदै यसअघि चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरुदेखि नगरपालिकाका प्रतिनिधिले गरेको भक्तपुरको अवलोकनबाट दुई देशबीचको मित्रता गाँढा रहेको पुष्टी हुने बताउनुभयो ।
भक्तपुर नगरपालिकाबाट सञ्चालित ख्वप अस्पतालका लागि भगिनी सम्बन्ध रहेको चीनको स्वशासित क्षेत्र तिब्बतको शान–नान नगरपालिकाले स्वास्थ्य सामाग्रीहरू सहयोग गरेको बताउदै उहाँले संकटको बेला सहयोग गरेर चिनियाँ कम्युनिष्ट पार्टी र सरकारले एक असल छिमेकीको उदाहरण प्रस्तुत गरेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत सोड्डले भक्तपुरलाई नेपालको सा“स्कृतिक राजधानीको संज्ञा दिदै भक्तपुर नगरभित्रका विशिष्ट कला र संस्कृतिले संसारभरका पर्यटकहरुलाई आकर्षित गरेको चर्चा गर्नुभयो ।
“चिनिया“ नया“ वर्ष सबैभन्दा पुरानो र लाखौं परिवारहरुलाई एकताबद्ध गर्ने र पुरानोलाई त्यागेर नया“ अंगाल्ने उत्सव हो” उहाँले भन्नुभयो ।

उहाँले गत वर्ष सम्पन्न संयुक्त राष्ट्रसंघको ७८ औं महासभाले चिनियाँ नयाँ वर्षको दिनलाई छुट्टीको दिन घोषणा गर्ने प्रस्तावलाई एकमतले पारित गरेको जानकारी दिँदै यो राष्ट्रपति सी चिनफीड्डले अगाडि सार्नुभएको “विश्वब्यापी सभ्याता अगुवाई”को एक ज्वलन्त नमूना भएको उल्लेख गर्नुभयो ।
राजदूत सोड्डले यो वर्ष चीनको जनगणन्त्र स्थापनाको ७५ औं र आउ“दो वर्ष चीन–नेपाल दौत्य सम्बन्धको ७० औं वर्षगा“ठ भएको भन्दै दुबै देशको सम्बन्धमा नया“ अवसर र सम्भावनाहरु रहेको बताउनुभयो । आगामी दिनमा नेपाल चीन बीच विभिन्न क्षेत्रमा सहयोग आदान प्रदान र सहकार्यको नयाँ वातावरण सृजना हुनेमा उहाँले आशा व्यक्त गर्नुभयो ।

कार्यक्रममा चीनको तर्पmबाट ड्रयागन नाच, सिंह नाच र छीलीन नाच प्रस्तुती गरिएको थियो भने भक्तपुर नगरपालिकाको तर्पmबाट रामचन्द्र नाच (माक प्याखं), लाखे नाच र सिंह नाच प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा चिनियाँ टोली र भक्तपुरको टोलीले पचपन्न झ्याले दरबार साकोठा हुँदै टौमढीसम्मको साँस्कृतिक ¥याली गर्दै सम्पदाको अवलोकन गरिएको थियो ।