हामीसँग जोडिनुहोस

भक्तपुर जिल्ला खेलकुद विकास समितिले जिल्ला स्तरीय कराते प्रतियोगिताको आयोजना गर्दै

1 मिनेट

भक्तपुर, ४ फागुन । भक्तपुर जिल्ला खेलकुद विकास समितिले यहीँ फागुन १४ गतेदेखि जिल्ला स्तरीय शिन क्योकुशिन  फुलकन्ट्याक्ट कराते–२०८० को आयोजना गर्ने भएको छ ।

उक्त कराते प्रतियोगितामा जिल्ला भित्रका डोजो तथा खेलाडीहरुको सहभागिता रहने भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दीपक थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा पुरुषतर्फ ४० देखि ४५ केजी, ४५ देखि ५० केजी र ५० देखि ५५ केजी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा रहने उहाँले जानकारी दिनुभयो ।

त्यसैगरि महिलातर्फ ३५ देखि ४० केजी, ४० देखि ४५ केजी र ४५ देखि ५० केजी तौल समूहका खेलाडीबीच प्रतिस्पर्धा रहने अध्यक्ष थापाले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागिताका लागि प्रतियोगि खेलाडीले कुनै शुल्न तिर्नु नपर्ने र प्रत्येक तौल समूहमा सहभासग डोजोबाट दुईजनासम्म खेलाडीलाई सहभागिता गराइने भएको छ ।

मध्यपुर कराते एकेडेमीको हलमा सञ्चालन हुने खेलमा सहभागिताका लागि सम्बन्धित डोजोको सिफारिस लिएर तोकिएको ढाँचामा फाराम भर्नु पर्नेछ ।

खेलका क्रममा खेलाडी घाइते भएमा प्राथमिक उपचार मात्रै आयोजकले गर्नेछ भने प्रतियोगितामा कुनै विवाद भएमा आयोजकको निर्णयनै अन्तिम हुने भएको छ । भक्तपुर भित्रका खेलाडीले मात्रै सहभागिता जनाउन पाउने उक्त प्रतियोगितामा सहभागिताका लागि प्रतियोगिले यहीँ फागुन १३ गते मध्यान्हसम्म फाराम भरेर दर्ता गरिसक्नु पर्नेछ ।

भक्तपुर जिल्ला खेलकुद विकास समितिले प्रतियोगितामा सहभागिता हुन खेलाडीलाई आव्हान गरेको समितिका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।