हामीसँग जोडिनुहोस

महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्छ – सभापति थापा

1 मिनेट

ललितपुर, ९ फागुन : नेपाली कांग्रेस भक्तपुरका सभापति एवम् प्रतिनिधिसभा सदस्य दुर्लभ थापाले महासमिति बैठक आमनागरिकका जनजिविकाका सवालमा केन्द्रीत हुनुपर्नेमा जोड दिनुभएको छ । ललितपुरको गोदावरीमा जारी महासमिति बैठकमा बिहिवार धारणा राख्ने क्रममा उहाँले बैठक गठबन्धनमा केन्द्रीत भएकोमा असन्तुष्टि व्यक्त गर्दै महासमितिले जनताको जनजिविकाको सवाललाई सम्बोधन गर्नुपर्नेमा जोड दिनुभएको हो ।

उहाँले आफुपनि गठबन्धनको बलले निर्वाचन जितेर आएको उदाहरण प्रस्तुत गर्दै अहिलेको गठबन्धनलाई पाँच वर्ष निरन्तरता दिनुपर्ने बताउनुभयो । उहाँले गठबन्धन रणनीतिक विषय भएको बताउँदैं अहिले नै यस बारेमा चर्चा गर्नु अनुचित भएको धारणा राख्नुभयो ।

“महासमिति बैठक पूर्ण रुपमा गठबन्धन केन्द्रित भयो । गठबन्धन हुनु या नहुनुले के फरक पर्छ ? म आफु पनि गठबन्धनकै प्रतिनिधि बनेर निर्वाचित भएको हो । यो गठबन्धन पाँच वर्ष निरन्तर जानुपर्छ,” उहाँले भन्नुभयो ।

उहाँले महासमिति बैठकले अहिलेको राज्यको जल्दो बल्दो विषय मिटरव्याज पिडीत, सहकारी पिडीत, किसानहरुको मल बिउविजनका समस्या, युवाहरुको विदेश पलायनका विषय, रोजगारका सवाल र समग्र अर्थतन्त्र सवल बनाउने विषयमा केन्द्रीत गरेर नीति निर्माण गरी कांग्रेसलाई सोही नीति अनुसार अगाडि बढाएर आम जनताको भरोसा योग्य पार्टी बनाउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले कांग्रेसलाई पूर्ण रुपमा सभापतिय प्रणालीमा चलाउने व्यवस्थामा जानुपर्ने बताउनुभयो । “पदाधिकारी कति छन् गन्न पनि सक्दिन । जति पदाधिकारी भए पनि केही हुने रहेनछ । दुईजना महामन्त्री भए पनि केही हुने रहेनछ । कांग्रेसलाई पूर्ण रुपमा सभापतिय प्रणालीमा सञ्चालन गर्ने व्यवस्थामा जानुपर्छ,” उहाँले भन्नुभयो । उहाँले महासमिति बैठकले कांग्रेसले कांग्रेसलाईमात्र भोट हाल्ने वातावरण बनानुपर्नेमा समेत जोड दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।