हामीसँग जोडिनुहोस

स्मार्ट सिटीको जग्गा फुकुवा गर्न सांसद कोइरालाको माग

1 मिनेट

भक्तपुर, ९ फागुन :  नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद रमा कोइराला पौडेलले स्मार्ट सिटीका नाममा भक्तपुर र काठमाण्डौंमा रोक्का राखेको जग्गा फुकुवा गर्न माग गर्नुभएको छ । सांसद कोइरालाले बिहिवारको संसद बैठकको शुन्य समयमा बोल्दै स्मार्ट सिटीको काम पनि अघि नबढ्ने र जग्गा रोक्का राख्दा स्थानीय जनताको जीवनस्तरमा ठूलो असर गरेकोले जग्गा फुकुवा हुनुपर्ने माग गर्नुभएको हो ।

उहाँले भक्तपुरको दुवाकोटमा गर्ने भनिएको विर अस्पतालको बिस्तारीत सेवा कहिले शुरु हुन्छ भनेर प्रश्न समेत राख्नुभयो । उहाँले विर अस्पताल बनाउने भनी जग्गामा तारवार लगाएको वर्षौ बितिसक्दा पनि अस्पताल निर्माण शुरु नभएको भन्दै अस्पताल बन्छ की बन्दैन भनी प्रश्न गर्नुभएको हो ।

उहाँले भक्तपुरको कमलविनायक भत्केपाटी–नगरकोट सडक अझै निर्माण सम्पन्न नभएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले पटक पटक म्याद थपेर पनि निर्माण व्यवसायीले सो सडक निर्माण पुरा नगर्दा स्थानीय जनता मात्र नभई नगरकोट आउने विश्वका पर्यटक समेत पिडीत बनेको धारणा राख्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।