हामीसँग जोडिनुहोस

चैत भित्र विद्यालयमा पुस्तक पुर्याउन ढुवानी सुरु

1 मिनेट
पुस्तक छापेपछि जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीमा चालू शैक्षिक सत्रका लागि विद्यालय तहको पाठ्यपुस्तक छपाइ गर्दै । तस्वीर : रमेश गिरीरासस
भक्तपुर, ६ चैत : जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडलाई चैत मसान्त भित्र स्थानीय तहहरुमा विद्यालय तहको पाठ्यपुस्तक पु¥याउने शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले निर्देशन दिएको छ ।
कक्षा ५ देखि १० सम्मको एक करोड ७५ लाख थान पुस्तक छपाईको जिम्मेवारी पाएको केन्द्रलाई मन्त्रालयले २०८१ साल बैशाख २ गतेबाट सुरु हुने नयाँ शैक्षिक सत्रका लागि विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्ने गरि व्यबस्थापन गर्न केन्द्रलाई आज निर्देशन दिएको केन्द्रले जानकारी दिएको छ ।
कक्षा १ देखि ४ सम्मको पाठ्यपुस्तक छपाईको जिम्मेवारी पाएको निजी क्षेत्रलाई पनि सोही अनुरुप गर्न निर्देशन दिएको छ । जनक शिक्षाका प्रबन्ध निर्देशक अनिलकुमार झाले केन्द्रले पाठ्यपुस्तक १६ लाख थान पुस्तक मात्र छपाई बाँकी रहेको र छपाई भएका पुस्तकको ढुवानी सुरु गरिसकेको जानकारी दिनुभयो ।
मन्त्रालयको निर्देशन आउनु अघिनै पाठ्यपुस्तक छपाई अन्तिम चरणमा पुर्याएको र छपाई सकिएका पुस्तकहरु उपत्यका बाहेक सातवटै प्रदेशमा रहेका केन्द्रका वितरण केन्द्र एवं कार्यालयमा दैनिक पुस्तक ढुवानी गर्ने कार्य भइरहेको उहाँले बताउनुभयो ।
उहाँले मन्त्रालयको निर्देशन कार्यान्वयन हुने र पुस्तक अभाव हुन नदिने भन्दै चैत १५ गतेदेखि पाठ्यपुस्तक पालिकाहरुमा ढुवानी सुरु गर्ने बताउनुभयो । पहिलो चरणमा हिमाली, दोश्रो चरणमा पहाडी, तेश्रेो चरणमा तराई र अन्तिम चरणमा उपत्यकाका जिल्लाहरुमा पुस्तक पुर्याउने गरि जनक शिक्षाले कार्य गरिरहेको उहाँले जानकारी दिनुभयो ।
उहाँले मन्त्रालयको निर्देशन अनुसार चैत्र मसान्तसम्म सबै स्थानीय तहहरूमा पुस्तक पुरÞ्याउने गरि केन्द्रले काम गरिरहेको बताउनुभयो । मन्त्रालयले पाठ्यपुस्तक छपाई, ढुवानी लगायतका विवरणको प्रगति विवरण दैनिक रुपमा साँझ ७ बजे भित्र मन्त्रालयमा पेश गर्न केन्द्रलाई निर्देशन दिएको बताएको छ ।
यसअघि चैत १ गते शिक्षा, बिज्ञान तथा प्रबिधि मन्त्री सुमना श्रेष्ठले केन्द्रको अनुगमन गर्दै पुस्तक छपाईको अबस्थाबारे जानकारी लिनुका साथै भर्ना अभियान सुरु हुनु अगावै विद्यार्थीको हातहातमा पाठ्य पुस्तक पुर्याउन निर्देशन दिनु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।