हामीसँग जोडिनुहोस

नयाँवर्षको अवसरमा भक्तपुरमा ‘आठौँैँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सवको आयोजना

1 मिनेट

भक्तपुर, ६ चैत : नयाँवर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँैँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७०÷८१’ को आयोजना हुने भएको छ । औद्योगिक शान्ति नेपाल संस्थाले आयोजना गर्न लागेको महोत्सव यहीँ चैत्र २२ गतेदेखि वैशाख ३ गतेसम्म सञ्चालन हुने संस्थाका अध्यक्ष सन्दीप महतले जानकारी दिनुभयो ।

उपभोक्तालाई एकै स्थानमा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सव आयोजना गर्न लागिएको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष महतले बताउनुभयो ।

१५१ भन्दा बढी स्टल रहने महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोवाइल, राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामान आदिका स्टल रहन उहाँले बताउनुभयो ।

संस्थाको आयोजना एवं मध्यपुर ब्वाइज व्याण्डकोे समन्वयमा भक्तपुरका सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा १२ दिने महोत्सवको आयोजना हुने मेला संयोजक दीपक थापाले जानकारी दिनुभयो ।

मेलामा कृषि तथा हस्तकलाका सामाग्रीहरू, भाँडाकुँडाका सामाग्रीहरू, पर्यटन प्रवर्धन गर्ने स्टल रहने जानकारी दिदै उहाँले बिक्री गरिने सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनुभयो । करिब पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा आयोजकले लिएको छ ।

महोत्सवमा बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक र हास्य व्यङ््य सहितका मनोरञ्जनात्मक प्रस्तुति समेत रहने छ ।

हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत आयोजना गरिने भएको छ । भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायत आसपासका जिल्लाका बासिन्दाले महोत्सवबाट लाभ लिन सक्नेछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।