हामीसँग जोडिनुहोस

प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित

0 मिनेट

चैत १५,काठमाण्डौ हो ।

प्रतिकूल मौसमका कारण हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ुभिजिबिलिटीु कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो ।

विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताउनुभयो । उहाँका अनुसार एअर चाइनाको जहाज डाइभर्टु भएको छ भने अन्य जहाज आकाशमा फन्को लगाइरहेका छन् अर्थात् होल्ड भएका छन् । होल्डुमा रहेका केही अन्तर्राष्ट्रिय उडानका जहाज अवतरण हुन थालेका छन् । आन्तरिकतर्फ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान भएको छैन । तराई क्षेत्रका विमानस्थलमा भने नियमित उडान भइरहेको छ ।

 

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ