हामीसँग जोडिनुहोस

त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु

0 मिनेट

चितवन,चैत १७ ।

त्रिशुली नदीमा ट्याक्सी खस्दा पाँच जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट गोरखा जाँदै आज बिहान इच्छाकामना गाउँपालिका  ५ मा पर्ने पृथ्वी राजमार्गको मिलधारा नजिकबाट बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशुली नदीमा खस्दा ट्याक्सीमा सवार पाँचै जनाको मृत्यु भएको चितवन प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ट्याक्सीमा रहेका मानिसको पहिचान भने खुलेको छैन । यद्यपि एक बालिका, दुई पुरुष र २ जना महिलाको मृत्यु भएको जनाइएको छ ।

पाँचै जनाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । सडकबाट करिब ८० मिटर तल त्रिशुली नदीमा ट्याक्सी खसेको थियो ।

भक्तपुर महोत्सव २०८०-81
admission open

ट्रेण्डिङ