हामीसँग जोडिनुहोस

नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल हुँदै

1 मिनेट

चैत १७,काठमाण्डौ ।

नेपालको ए टोली र आयरल्याण्डको ए टोलीबीचको मैत्रीपूर्ण दोस्रो टी–२० खेल आज हुँदैछ । दुई टोलीबीच हिजोदेखि शुरु भएको तीन खेलको टी–२० शृङ्खला अन्तर्गत आज दोस्रो खेल हुनेछ । खेल कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा दिउँसो एक बजेदेखि शुरु हुनेछ ।

हिजो भएको पहिलो खेलमा नेपालको ए टोली २१ रनले पराजित भएको थियो । यो श्रृङ्खला जोगाउन नेपालको टोलीलाई आज जित्नैपर्ने दबाब छ । श्रृङखलाको तेस्रो तथा अन्तिम खेल पर्सि सोमवार हुनेछ । टी–२० शृङ्खलापछि यी दुई टोलीले आउने बुधवारदेखि शुरु हुने तीन खेलको एकदिवसीय शृङ्खलामा खेल्नेछन् । आयरल्यान्ड ए टोलीलाई आयरल्यान्ड उल्भ्स नाम दिइएको छ ।

यसअघि नेपाली राष्ट्रिय क्रिकेट टोली र आयरल्यान्ड उल्भ्सबीचको दुई खेलको टी–२० क्रिकेट शृङ्खला नेपालले २–० ले जितेको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।