हामीसँग जोडिनुहोस

आठौं भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव सुरु

3 मिनेट

भक्तपुर, २२ चैत । नयाँवर्ष २०८१ सालको अवसरमा भक्तपुरमा ‘आठौँैँ भक्तपुर औद्योगिक, सांँस्कृतिक, पर्यटन तथा व्यापार महोत्सव–२०७०÷८१’ को आजबाट सुरु भएको छ । औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज व्याण्डकोे आयोजनामा सुरु भएको महोत्सवको आज चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले उद्घाटन गर्नुभयो ।

स्थानीय उत्पादनदेखि देश सिवदेशका सामानलाई सुपथ मूल्यमा सामानको उपलब्ध गराउने गरि आयोजित यस मेलाबाट उपभोक्तालाई सहज हुने बताउदै स्थानीयदेखि प्रदेश र केन्द्रीय सरकारले पनि उपभोक्ताको हितलाई ध्यानमा राखेर बेलाबेलामा यस प्रकारको कार्यक्रम गर्नु पर्ने बताउनुभयो । उहाँले विपद कुनै पनि बेला आउन सक्ने भन्दै विपदको तयारी समेत गर्नु पर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले मेलाको सफलताको शुभकामना व्यक्त गर्दै पर्यटनको बिकासमा यस प्रकारको मेला महोत्सिवले टेवा दिने बताउनुभयो ।

भक्तपुरका सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनी चौरमा उपभोक्तालाई एकै स्थानमा सम्पूर्ण सामान उपलब्ध गराउने उद्देश्यले नयाँ वर्षको अवसरमा बृहत् औद्योगिक तथा व्यापार महोत्सवको आयोजना गरेको आयोजक औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष महतले बताउनुभयो ।

१५० स्टल रहेको महोत्सवमा मानवीय जीवनमा प्रयोगमा आउने सम्पूर्ण दैनिक उपभोग्य सामाग्रीहरू, खाद्यान्नका सामाग्रीहरू, विभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, अटोमोवाइल, राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा स्थानीय खाना महोत्सव, विभिन्न ब्राण्डका मोबाइल, इलेकट्रोनिक्स सामानलगायतका स्टल रहेको छ ।

महोत्सवमा कृषि तथा हस्तकलाका सामग्रीहरू, भाँडाकुँडाका सामाग्रीहरू, पर्यटन प्रवर्धन गर्ने स्टल रहने जानकारी दिदै उहाँले बिक्री गरिने सामानहरूमा २० देखि ५० प्रतिशतसम्म छुट दिने व्यवस्था गरिएको बताउनुभयो ।

त्यस्तै महोत्सवमा फेसन तथा नृत्यहरु,औद्योगिक उत्पादनको प्रर्दशनी, ग्रामिण प्रबिधि सम्बन्धी प्रर्दशनी, भक्तपुरको मौलिक उत्पादनका प्रर्दशनी, अटोमोवाइल प्रर्दशनीसमेत गरिने महोत्सवका संयोजक दीपक थापाले बताउन ुभयो ।

बैशाख २ गतेसम्म सञ्चालन हुने महोत्सवमा पाँच लाख उपभोक्ताले मेलाको अवलोकन तथा सेवा प्राप्त गर्ने र करिब १० देखि १२ करोड रुपैयाँको कारोबार हुने अपेक्षा लिएको संस्थाका अध्यक्ष महतले बताउनुभयो । बैशाख ३ गतेृ भने महोत्सवमा बैशाख ३ गते भने नेपाली भाषी भारतीय गायक विपुल क्षत्रीको लाइभ कन्सर्टको् आयोजना गरिएको संयोजक थापाले बताउनुभयो ।

महोत्सवमा ऐशियाकै उत्कृष्ठ बाल उद्यान, रोटेपिङ्ग, मारुती सर्कस, कोलम्बस, जादु, बालबालिकाको खेल सामग्रीका साथै दैनिक दर्जनौँ राष्ट्रियस्तरका कलाकारहरूको साङ्गीतिक र हास्य व्यङ््य सहितका मनोरञ्जनात्मक प्रस्तुति समेत रहने उहाँले बताउनुभयो ।

हरेक दिन व्याण्डको प्रस्तुति, नृत्य प्रतियोगिता, बि–बोईङ र अन्य मनोरञ्जनात्मक कार्यक्रमहरूको समेत आयोजना गरिने छ । अन्तिम दिन भक्तपुरका उत्कृष्ठ खेलाडढीहरुलाई नगद पुरस्कार सहित सम्मान गरिने उहाँले बताउनुभयो । भक्तपुर, काठमाडौं, ललितपुर, काभ्रे लगायत आसपासका जिल्लाका बासिन्दाले महोत्सवबाट लाभ लिन सक्नेछन् ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।