हामीसँग जोडिनुहोस

भक्तपुरमै उठ्यो साढे तीन अर्ब राजस्व

1 मिनेट

श्रावण २२ । आन्तरिक राजस्व कार्यालय भक्तपुरले आर्थिक वर्ष ०७५÷७६ मा करिब साढे तीन अर्ब रुपैयाँ राजस्व संकलन गरेको छ । कार्यालयले एक वर्षको अवधिमा तीन अर्ब ४० करोड १६ लाख ३० हजार रुपैयाँ संकलन गरेको प्रमुख कर अधिकृत सूर्य पोखरेलले जानकारी दिनुभयो । कार्यालयले ११ करोड २७ लाख दुई हजार रुपैयाँ राजस्व लक्ष्यभन्दा बढी संकलन गरेको हो । जुन लक्ष्यभन्दा ३.४२ प्रतिशतले बढी हो । आ.व. ०७५÷७६ मा कार्यालयले सबैभन्दा बढी एक अर्ब ६५ करोड ५४ लाख ९७ हजार रुपैयाँ आय कर संकलन गरेको छ ।
ब्याज कर २० करोड १३ लाख २३ हजार रुपैयाँ, मूल्यअभिवृद्धि कर एक अर्ब दुई करोड ५० लाख ८८ हजार रुपैयाँ, घरबहाल कर चार करोड ७२ लाख २२ हजार रुपैयाँ, स्वास्थ्य सेवा कर एक करोड २० लाख ३९ हजार र शिक्षा कर ६७ लाख १४ हजार रुपैयाँ संकलन भएको प्रमुख कर अधिकृत पोखरेलले जानकारी दिनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।