हामीसँग जोडिनुहोस

फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा नेपाल बरोडा सँग ३७ रनले पराजित

1 मिनेट

चैत २३,  काठमाण्डौ ।

भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट शृङ्खलामा लिगको अन्तिम खेलमा नेपाल बरोडासँग ३७ रनले पराजित भएको छ ।

बरोडाले दिएको १ सय ५७ रनको लक्ष्य पछ्याएको नेपाल १८ ओभर ४ बलमा १ सय १९ रनमा अल आउट भयो । नेपालका सन्दीप जोराले सबैभन्दा धेरै ५६ रन बनाए । यस्तै विवेक यादवले १७ र कुशल भुर्तेलले १६ रन जोडे । बलिङतर्फ बरोडका ध्रुव पटेलले ४ र लक्षित तोक्सियाले ३ विकेट लिए ।

यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको बरोडाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५६ रन बनायो । बरोडाका शाश्वत रावतले ३१, ध्रुव पटेलले २९ रन बनाए । बलिङतर्फ नेपालका गुल्सन झा र करण केसीले समान २ विकेट लिए ।

नेपाल यसअघि नै लगातार तेस्रो जितसहित फाइनलमा पुगिसकेको छ । अस्ति बुधवार भएको खेलमा नेपालले गुजरातलाई ८ रनले हराएको थियो । त्यसअघिका खेलमा नेपालले बरोडालाई २७ रनले र गुजरातलाई ८ विकेटले हराएको थियो ।

अब नेपालले फाइनलमा गुजरातसँग खेल्नेछ । टी–२० क्रिकेट शृङ्खलाको फाइनल खेल पर्सि आइतवार हुनेछ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।