हामीसँग जोडिनुहोस

पद सकिएपछि स्वतः खारेज हुने गरी महानिरीक्षक डिआईजी पद

1 मिनेट

काठमाडौँ,चैत २५।

सरकारले पद सकिएपछि स्वतः खारेज हुने गरी दुई प्रहरी नायव महानिरीक्षक डिआईजी पद थपेको छ।

नेपाल प्रहरीको माग अनुसार यही चैत २२ गतेको मन्त्रिपरिषद् बैठकले प्राविधिक समूहतर्फ २ डिआईजी पद सिर्जना गर्ने निर्णय गरेको हो।

‘कार्यकाल समाप्त भएपछि स्वतः खारेज हुने गरी प्राविधिक प्रहरी समूहतर्फको दुई जना प्रहरी नायव महानिरीक्षक विशेष दल संख्या २ सिर्जना गर्नेु मन्त्रिपरिषद्को निर्णयमा उल्लेख छ।

दुई मध्ये एक जना प्रहरीको केन्द्रीय साइबर ब्यूरो र एक जना केनाइन कार्यालयमा रहने छ। ब्यूरोमा एसएसपी नबिन्द अर्याल र केनाइन कार्यालयमा एसएसपी देउती गुरुङ छन्।

उक्त पदमा अब उनीहरुलाई नै बढुवा गरिने जनाइएको छ। नेपाल प्रहरी श्रोतका अनुसार उनीहरू त्यसक्षेत्रमा विज्ञ भएकाले पनि पद सिर्जना गरेर राख्नु परेको हो।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।