हामीसँग जोडिनुहोस

एसएमएस फ्रेन्डशिप टी–२० क्रिकेट शृङ्खलाको उपाधि नेपाललाई

1 मिनेट

चैत २५,  काठमाण्डौ ।

गुजरातलाई हराउँदै नेपालले एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेटको उपाधि जितेको छ । आज भएको फाइनलमा नेपालले गुजरातलाई १८ रनले हरायो ।

नेपालले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ५८ रनमात्र बनाउन सक्यो । गुजरातका उमाङ्ग रोहितकुमारले ४० रन बनाए । बलिङतर्फ नेपालका अबिनाश बोहराले ३, दीपेन्द्रसिंह ऐरीले २ तथा करण केसी र कुशल मल्लले समान १ विकेट लिए ।

यसअघि गुजरातको वापीमा टस जितेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७६ रन बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ७४ रन बनाए । यस्तै आसिफ शेखले ३४ र कुशल मल्लले १३ बलमा नटआउट ३१ रन बनाए । कुशल भुर्तेलले १९ र दीपेन्द्रसिंह ऐरीले ७ रन बनाए । बलिङतर्फ गुजरातका जयमीत पटेल, शेम पटेल, तेजस पटेल र जाला युवराजसिन्हले समान १ विकेट लिए ।

 

ट्रेण्डिङ

          अमृता अर्याल अस्मिता तामाङ
          रवि खड्का
          ©2024 Design and Developed By: Jamin Rai
          सम्पर्क
          ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
          यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।