हामीसँग जोडिनुहोस

सभामुख देवराज घिमिरेले शीर्ष चार दलका नेतासँग छलफल गर्दै

1 मिनेट

२६ चैत,काठमाडौं ।

सभामुख देवराज घिमिरेले प्रमुख चार दलका शीर्ष नेतालाई छलफलका लागि बोलाएका छन्।

सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेका सन्दर्भमा नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको मागसहित सदन चल्न नदिने अल्टिमेटम दिएकाले सभामुखले दलका शीर्ष नेतासँग छलफल गर्न लागेका हुन्।

छलफलका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेलाई बोलाइएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए। छलफल बिहान साढे १० बजे सभामुखको कार्यकक्ष सिंहदरबारमा बोलाइएको अधिकारीको भनाइ छ। घिमिरेले आइतबार नै चारै नेतालाई टेलिफोन गरेर छलफलको समय निर्धारण गरेका हुन्।

गत २१ गतेको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसले अर्को बैठकमा छानबिन समिति गठन नभए संसद् ठप्प पार्ने अल्टिमेटम दिएको थियो।

प्रतिनिधि सभाको अर्को बैठक चैत २७ गते मंगलबार बोलाइएको छ। सत्तारुढ दलले कांग्रेसको माग अनुसार समिति गठन नहुने बताउँदै आएका छन्। यसैगरी सभामुख घिमिरेले आजै दलहरुका प्रमुख सचेतकसँग पनि छलफल गर्ने अधिकारीले जनाएका छन्।

सरकारले यही साता हिउँदे अधिवेशन अन्त्य गर्नै तयारी गरेको छ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।