चैत २९, एजेन्सीँ।
यस वर्ष अप्रिल र मे महिनामा भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने भएका छन् । २०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेका कारण भारतबाट श्रमिक लाने इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
द्वन्द्व शुरु हुनुअघि प्यालेस्टिनी क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिस काम गर्न इजरायल गएका थिए । वेस्ट बैंकका झण्डै ८० हजार र गाजाका १७ हजार मानिस कामका लागि इजरायल जाने गर्थे । तर अक्टोबर ७ देखि यस क्षेत्रबाट श्रमिक आवतजावत बन्द भएको छ ।
भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने बीबीसी हिन्दीले जनाएको छ ।