हामीसँग जोडिनुहोस

युक्रेनमा रुसी आक्रमण, नौ जनाको मृत्यु,२० जना घाइते

1 मिनेट

एजेन्सी, ०५ वैशाख ।

उत्तरी युक्रेनी सहर चेर्निगिभमा बुधबार भएको रुसी आक्रमणमा नौ जनाको ज्यान गएको छ भने २० जना घाइते भएका छन् । पछिल्ला समयमा किभले आफ्नो हवाई प्रतिरक्षा क्षमतामा कमी भएको चेतावनी दिएका बेला उक्त घटना भएको छ ।

अधिकारीहरूले धेरै ठुला ठुला भवनहरूलाई तीनवटा मिसाइलले प्रहार गरेको बताएका छन् । रूसी हवाई आक्रमणलाई विफल पार्न सहयोगीहरूलाई थप क्षेप्यास्त्र पठाउन आग्रह गरिरहेका  छन् ।

उत्तरमा बेलारुसको सिमानामा पर्ने चेर्निगिभ क्षेत्र रुसको आक्रमणको सुरुमा आंशिक रूपमा कब्जा गरिएको थियो तर मस्कोको सेना फिर्ता भएको करिब दुई वर्षदेखि भयंकर लडाइँबाट जोगिएको छ ।

आक्रमणका कारण नागरिकको पूर्वाधारमा क्षति पुग्नाका साथै दर्जनौँ सवारी साधनहरु नष्ट हुन पुगेका छन् ।  फेब्रुअरी २०२२ मा बेलारूसी क्षेत्रबाट रुसी ट्याङ्कहरू युक्रेनमा प्रवेश गर्दा पनि यस सहरका धेरै भवनहरू क्षतिग्रस्त भएका थिए ।

युक्रेनी राष्ट्रपतिको कार्यालयका प्रमुख एन्ड्री यर्माकले सामाजिक सञ्जालमा दिएको सन्देशमा जेलेन्स्कीको टिप्पणीलाई प्रतिवाद गरेका छन् ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।