०८ वैशाख,काठमाडौँ ।
प्रतिनिधि सभाको दोस्रो ठुलो राजनीतिक दल नेकपा एमालेको बैंक खातामा १२ करोड ६९ लाख रुपैयाँभन्दा बढी मौज्दात देखिएको छ । एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद्को बैठकमा प्रस्तुत प्रतिवेदनअनुसार बैंक खातामा र नगद गरी १२ करोडभन्दा बढी रकम मौज्दात देखिएको हो ।
यो २०८० सालको असार मसान्तसम्मको अवधिको सम्पत्ति हो । यसबाहेक सोही अवधिसम्ममा एमालेसँग स्थिर तथा अन्य सम्पत्ति ९भवन निर्माणसमेत० ५ करोड ९२ लाख ५४ हजार रुपैयाँ सम्पत्ति देखिएको छ । बैठकमा प्रस्तुत लेखा आयोगको प्रतिवेदनअनुसार पार्टीका विभिन्न कोषमा ५ करोड १३ लाख रुपैयाँ छ ।
यसमध्ये कार्यकर्ता संरक्षण कोषमा १ करोड ३५ लाख र अन्य कोषमा ३ करोड ७७ हजार रुपैयाँ छ । आर्थिक वर्ष २०७८र७९ मा पार्टीले २२ करोड ८० लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । यसमध्ये २१ करोड ६५ हजार रुपैयाँ खर्च भएको थियो । सो आर्थिक वर्षमा पार्टीको खर्चभन्दा आम्दानी १ करोड ७९ लाख रुपैयाँ बढी थियो ।
सो आर्थिक वर्षमा विधान महाधिवेशन र दसौँ राष्ट्रिय महाधिवेशन हुनुअघि सदस्यता शुल्क र लेबी उठ्दा आम्दानी उच्च थियो । सो वर्ष सदस्यता शुल्क ६ करोड ८५ लाख रुपैयाँ र लेबी १२ करोड २६ लाख रुपैयाँ उठेको बताइएको छ । यस्तै विधान अधिवेशनमा ४ करोड ६३ लाख रुपैयाँ र दसौँ महाधिवेशनको खर्च ११ करोडभन्दा बढी भएको थियो ।
केन्द्रीय लेखा आयोग अध्यक्ष पुष्प कँडेलका अनुसार आर्थिक वर्ष २०७९र२०८० मा कूल आम्दानी ८ करोड ९७ लाख रुपैयाँ भएको थियो । यस्तै सोही वर्ष कूल खर्च ११ करोड ६० लाख रुपैयाँ देखिन्छ । यो आम्दानीको तुलनामा २ करोड ६२ लाख रुपैयाँ बढी खर्च हो ।
उक्त आर्थिक वर्षमा आम्दानीको तुलनामा खर्च बढी हुनुको मुख्य कारण सङ्घीय र प्रदेश निर्वाचन भएको कँडेलको भनाई छ । सङ्घीय र प्रदेश निर्वाचनमा मात्रै ३ करोड ९४ लाख रुपैयाँ खर्च भएको थियो । सो आर्थिक वर्षमा भने पार्टीको खाता घाटामा रहेको देखिएको छ । एमालेले देशका ७० जिल्लामा आफ्नै कार्यालय बनाएको छ ।