हामीसँग जोडिनुहोस

राष्ट्रको लागि दुई घण्टे अभियानले आयोजना, फोहोर मैलालाई मजाकको विषय नबनाऔ : एमाले अध्यक्ष ओली

3 मिनेट

भक्तपुर, २३ जेठ : नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फोहोर मैलालाई मजाकको विषय बनाउन नहुने बताउनु भएको भएको छ ।

विश्व वातावरण दिवसको अवसरमा आज राष्ट्रको लागि दुई घण्टे अभियानले आयोजना गरेको अरनिको राजमार्ग सफाई अभियानको बेलुन उडाएर उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो, “फोहोर मैला मजाकको विषय होइन, फोहोर मैला प्रतिशोधको विाय पनि होइन, यो गैरजिम्मेवारी प्रर्दशन गर्ने विषय पनि होइन, फोहोर मैला व्यबस्थापन सबैको कर्तव्य हो । यसलाई जिम्मेवारी पूर्ण रुपमा रुपमा अगाडि बढाऔँ ।”

राष्ट्रको लागि दुई घण्टे अभियानले सुरु गरेको सुरक्षित अरनिको राजमार्ग र सफा सुन्दर अरनिको राजमार्ग अभियानमा सबैलाई जोडिन समेत आव्हान गर्नुभयो ।
सरकारले कर्मकाण्डी ढंगले एकदुई वटा गोष्ठी, सेमिनार र औपचारिक बृक्षारोपण मात्रै गरेर वातावरण प्रदुषण रोकिदैन भन्दै उहाँले राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमानै बिस्तृतिकरण गरि वातावरण संरक्षणमा लाग्नु पर्नेमा जोड दिनुभयो ।

एमाले अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो हिमाल हामीसंग छ, यसको वातावरण बिग्रन दिनुहुदैन, हिमाललाई सुरक्षित राख्नु पर्छ, हिमालमा हिउँ भयो भने पृथ्वीको तातो हावा र तापक्रमलाई चिसो बनाउन, अन्यथा यस्तै अबस्थामा पृथ्वी संकटमा पर्छ ।” वातावरण प्रदुषणले पृथ्वीमा खतरनाक भविश्यको संकेत गरिसकेको भन्दै उहाँले अब बिग्रन दिन नहुने बताउनुभयो । वातावण जोगाउन राष्ट्रसंघले सूचक निकाल्नु पर्ने उहाँको भनाइ छ ।

उहाँले भन्नुभयो, “अब विश्वको वातावरण बिग्रन दिनु हुदैन, विशवको तापक्रम बढ्नबाट रोक्नु पर्छ, राष्ट्रसंघले वर्षमा वा एक दशकमा कति प्वाईन्ट मात्रै तापक्रम बढाउन मिल्छ, भनेर सूचक निर्धारण गर्दै तापक्रम बढ्ने क्रमलाई विश्वबाटै रोक्नु पर्छ । अन्यथा यसैगरि तापक्रम बढ्दै जाने हो भने पृथ्वीमा अब कति शताब्दीसम्म बाँच्न सकिएला र ?”

;;

ओलीले कौशल्टार राष्ट्रका लागि दुई घण्टे अभियान, गठ्ठाघरमा आस्था महिला र स्थानीइ महिला समूह, शंखधर चोकमा स्थानीय समूह, एसएस चोकमा डिभाइन युथ क्लब, घलातेमा नेकपा एमाले जिल्ला कमिटी, सृजना नगरमा सूर्यविनायक नगरपालिकालगायत बिभिन्न संघसंस्थाले आयोजना गरेको सरसफाई अभियानमा सहभागि भएर सरसफाईमा लाग्न अभिप्ररित गर्नु भएको थियो ।

कार्यक्रममा नेपाली काँग्रेस भक्तपुृर जिल्ला सभापति एवं संघीय सांसद दुर्लभ थापा, नेकपा माओवपादी केन्द्रका केन्द्रीय सदस्य दीलिप प्रजापति, नेकपा एमाले भक्तपुर जिल्ला कमिटी अध्यक्ष बचन देउजा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, मध्यपुरथिमि नगरपालिकाका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, चाँगुनारायण नगरपालिकाका उपप्रमुख रमेश बुढाथोकी, प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ, लगायत बिभिन्न व्यक्तित्वहरुको सरसफाईमा सहभागिता रहेको थियो ।

राष्ट्रका लागि दुई घण्टे अभियानका अध्यक्ष मधे ढुङ्गेल, संयोजक नरेश रंजितले अभियानलाई तिब्रता दिएर भक्तपुरलाई सफा बनाउने अभियानमा निरन्तर लागिरहने बताउनुभयो । अभियानमा जीवन बिज्ञान, गैरसरकारी संस्था महासंघ भक्तपुरलगायत २० वटा भनदा बढी संघसंस्था र विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।