भक्तपुर, २३ जेठ : श्रोत नखुलेको अबैध रकम बोकेर काभ्रेबाट भक्तपुरतर्फ आउँदै गरेका चार जना चिनियाँ नागरिकलाई आज प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा हाल काठमाण्डौं बस्ने चिनियाँ नागरिक ३२ वर्षीय जेहाङ युआन (श्जबलन थ्गबल), ५० वर्षीय निङ छिलिन (ल्ष्लन ह्ष्बष्लि), २४ वर्षीय क्यूओ होर्यान (त्तगय ज्बयचबल) र ३६ वर्षीय डिना लैयु (म्भलब बिष्थग) रहेका छन् ।
आज सूर्यविनायक नगरपालिका‐१० भातेढिकुर स्थित महेश्वरी पेट्रोल पम्प नजिकै साँगाबाट जगाती तर्फ आउँदै गरेको बा.७०प. २८७२ नं. को ट्याक्सी रोकेर प्रहरीले चेकजाँच गर्ने क्रममा चार चिनियाँ नागरिकको साथबाट श्रोत नखुलेको रु. ६९ लाख पाँच हजार सहित पक्राउ गरि आवश्यक कारबाहीका लागि आन्तरिक राजश्व कार्यालय भक्तपुरलाई बुझाएको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।