हामीसँग जोडिनुहोस

फिफा वरीयतामा नेपाली महिला टिमको दुई स्थान सुधार

1 मिनेट

 जेठ ३२, काठमाडौं ।

नेपाली राष्ट्रिय महिला टिम फिफा वरीयतामा दुई स्थान माथि उक्लिएको छ ।

विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार अद्यावधिक गरेको वरीयतामा नेपाली महिला टिम दुई स्थानमा सुधारसहित ९८औँ स्थानमा उक्लिएको छ ।यसअघि नेपाली टिम वरीयताको १००औँ स्थानमा थियो । नेपाल दक्षिण एसियाली क्षेत्रमा भने दोस्र्रो स्थानमा छ । दक्षिण एसियामा नेपालभन्दा माथि रहेको भारत एक स्थान खस्किँदै ६७औँ स्थानमा छ । तेस्रो स्थानको बंगलादेश १४०औँ स्थानमा यथावत् छ । चौथो स्थानको श्रीलका १५७औँ, पाँचौँ स्थानको पाकिस्तान १५८, छैटौँ स्थानको माल्दिभ्स १६१औँ र सातौँ स्थानको भुटान वरीयताको १७३औँ स्थानमा छन् ।

विश्व वरीयतामा भने स्पेन शीर्ष स्थानमा कायमै छ । वरीयताको दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा इंग्ल्यान्ड, चौथो स्थानमा जर्मनी र पाँचौँ स्थानमा अमेरिका छन् । स्पेन सन् २०२२ को फिफा महिला विश्वकप च्याम्पियनसमेत हो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।