
काठमाडौँ,३२ जेठ।
सिटिइभिटीको ल्याबभित्र क्रिप्टोसम्बन्धी कारोबार भएको पाइएपछि त्यहाँका कर्मचारीलाई पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीले जनाएको छ।
पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर बस्ने ४० वर्षका विश्वास गुरुङ र भक्तपुरका राजेन्द्र ताहामता रहेका ब्यूरोका प्रहरी उपरीक्षक होविन्द्र बोटगीले बताए।
विशेष सूचनाका आधारमा ब्यूरोबाट खटिएको प्रहरी टोलीले कम्प्यूटर तथा सर्भर प्रणालीको प्रारम्भिक प्राविधिक अनुसन्धान र विश्लेषण गर्दा एउटा सर्भर र ६४ वटा डेस्कटप कम्प्युटरमामा क्रिप्टो मिनिङ एप्लिकेसन सञ्चालन भएको पाइएको छ।
उक्त कम्प्युटर बरामदपछि ल्याबको जिम्मेवारीमा रहेका उनीहरुलाई भक्तपुरको थिमीबाट पक्राउ गरी मुद्रासम्बन्धी कसुरमा भक्तपुर जिल्ला अदालतबाट ६ दिनको म्याद लिएर अनुसन्धान थालिएको ब्यूरोले आज सूचना जारी गरी जनाएको छ।