हामीसँग जोडिनुहोस

नेपाल रेडक्रस सोसाईटी भक्तपुरद्धारा बिभिन्न संस्था एवं व्यक्तिहरुलाई कदर पत्र प्रदान गरेर सम्मान

2 मिनेट

भक्तपुर,३२ जेठ : नेपाल रेडक्रस सोसाईटी भक्तपुरले आज बिभिन्न संस्था एवं व्यक्तिहरुलाई कदर पत्र प्रदान गरेर सम्मान गरेको छ । २० औं विश्व रक्तदाता दिवसको अवसरमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाले शुक्रवार आयोजित कार्यक्रममा केन्द्रमा आकस्मिक रुपमा एक वर्षभित्र तीन पटक भन्दा बढी रक्तदान गर्ने रक्तदाता, नेगेटिभ रक्त समूह भएका दाताहरु मध्ये दुई पटक भन्दा बढी रक्तदान गर्ने दाता, एक पटकमा एक सय पिन्ट भन्दा बढी रक्तदान गराउने संघसंस्थाहरुलाई कदरपत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी भक्तपुरलाई नविल बैंकले रक्तदान चियर र आकाश तारा वचत तथा ऋण सहकारी संस्थाले रक्तचाप नाप्ने मेसिन सहयोग गरेको थियो ।

प्रतिनिधिसभा सदस्य सांसद दुर्लभ थापाले सामाजिक संघसंस्थामा राजनीति गर्न नहुने बताउनु भएको छ ।  सांसद थापाले मानव सेवाका लागि स्थापित सामाजिक संघसंस्थामा राजनीतिका कारण विवाद उत्पन्न हुने गरेको बताउँदैं ती संस्थाहरु राजनीतिको घेराभन्दा माथी राख्नुपर्नेमा जोड दिनुभयो । “राजनीतिका कारण सामाजिक संघसंस्थामा विवाद उत्पन्न हुने गरेको छ । त्यसैले सामाजिक संघसंस्थामा राजनीति नगरौं । राजनीतिको घेराभन्दा माथी राखौं,” उहाँले भन्नुभयो ।

कार्यक्रममा चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले सभ्य समाज निर्माणका लागि सबैले आ–आफ्नो स्थानबाट योगदान दिनुपर्नेमा जोड दिनुभयो ।स्वयम्सेवी रक्तदाताहरुको मानवीय सेवाभावका कारण कयौं नागरिकले पुनर्जीवन प्राप्त गरेको चर्चा गर्दै उहाँले रक्तदाताहरुको मानवीय सेवाबाट अरुले पनि प्रेरणा लिनुपर्ने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी रोसनी कुमारी श्रेष्ठले रेडक्रस जस्तो मानवीय सेवा प्रदान गर्ने संस्थामा विवाद हुनु राम्रो सन्देश नगएको बताउँदैं रेडक्रसको विवाद छिटो भन्दा छिटो समाधान हुनुपर्नेमा जोड दिनुभयो । उहाँले रेडक्रसको विवादले आमनागरिकमा शंका उत्पन्न गराएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुरका पुर्वसभापति बालमुकुन्द सुवालले रेडक्रस भक्तपुरलाई यहाँसम्म ल्याउन थुप्रै अग्रज एवम् रेडक्रस अभियन्ताहरुको योगदान रहेको चर्चा गर्दै रेडक्रस जस्तो संस्थामा दलिय विचारको आधारमा विभाजन ल्याउन खोज्नु र विवाद निम्त्याउन खोज्नु जायज नभएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाईटी भक्तपुर शाखाका सदस्य एवम् रक्त सञ्चार समितिका संयोजक सोम प्रधानको सभापतित्वमा सम्पन्न कार्यक्रममा ब्लोदानका अध्यक्ष ई. सानुबाबु प्रजापति, नेपाल रेडक्रस सोसाईटी भक्तपुरका सभापति परशुराम पाण्डेलगायतले रेडक्रसले प्रदान गरेका मानवीय सेवा र रक्त सञ्चार केन्द्र भक्तपुरले प्रदान गर्दै आइरहेको सेवाका बारेमा चर्चा गर्नुभएको थियो ।

 

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।