हामीसँग जोडिनुहोस

मदरल्याण्डद्वारा आयोजित ईप्सन अंग्रेजी हिज्जे प्रतियोगिता–२०८१ सम्पन्न

4 मिनेट

भक्तपुर; ३१ जेठ । एडिफाई प्राइभेट स्कुल अर्गनाइजेशन नेपाल (ईप्सन)  भक्तपुरको बोर्ड कार्यक्रम अन्तर्गत मदरल्याण्ड स्कुलको आयोजनामा भएको अंग्रेजी हिज्जे प्रतियोगिता–२०८१ भवय रुपमा सम्पन्न भएको छ ।

ईस्सन अन्तर्गतका नौ वटा विद्यालयका विद्यार्थीहरुको सहभागिता रहेको हिज्जे प्रतियोगिता यूनिटी स्कुल प्रथम पुरस्कार हात पारेको छ । प्रतियोगितामा  ईडेन गार्डेन स्कुल द्धितीय, ग्लोबल एकेडेमी तृतीय र सेन्ट जोन स्कुलले स्वान्त्वना पुरस्कार हात पारेका छन् ।

भक्तपुर जिल्लामा आफूलाई अब्बल रुपमा सावित गर्दै आएको ११ वटा स्कुलहरुको साझा संगठन ईप्सनले सदस्य स्कुलहरुको विकास र विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष बिभिन्न कार्यक्रमहरु गर्दै आएको छ ।

 

ईप्सन भक्तपुरमा क्वालिटी स्कुल, सूर्योदय सेकेन्डरी स्कुल, मदरल्याण्ड स्कुल, हिमाल एकेडेमी, ग्लोबल एकेडेमी, पारिजात विद्याकुन्ज, सेन्ट जोन स्कुल, ईडेन गार्डेन, यूनिटी स्कुल, विमल मेमोरियल विद्यापीठ र नगरकोट सनराइज विद्यालय आबद्ध छन् ।

 

हिज्जे प्रतियोगितामा आयोजक मदरल्याण्ड स्कुलले सहभागि जनाएको थिएन । प्रतियोगितामा नौ  वटा स्कुलका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरु चार जनाको समूहले प्रतिष्पर्धा गरेका थिए ।

सुनपा‐८ सिपाडोलमा सम्पन्न भएको उक्त हिज्जे प्रतियोगिता संचालन मदरल्याण्ड स्कुलका राधेश्याम केसी, सञ्जय कासुला, दिलदेवी देउला, विद्या अधिकारी र प्राविधिकमा राधेश्याम कासुलाको शिक्षक टिमले गरेका थिए ।

कार्यक्रममा ईप्सन भक्तपुर अध्यक्ष जिबी खड्काले मदरल्याण्ड स्कुलले निकै नै व्यवस्थित र अनुसरणीय कार्यक्रम गर्न सफल भएकोमा शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरुको सफलता नै ईप्सनको जित भएको बताउनु भयो । ईप्सनका सचिव विजय कर्माचार्यले यस्ता कार्यक्रमले विद्यार्थीहरुमा थप हौसला प्रदान गरेको बताउनु भयो ।

समापन कार्यक्रममा सबै सहभागी विद्यार्थीहरुलाई प्रमाण पत्र, विजेता विद्यार्थीहरुलाई ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । मदरल्याण्डको कार्यकारी सञ्चालक शर्मिला देउजाले ईप्सनका सबै पदाधिकारीहरुलाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।