हामीसँग जोडिनुहोस

चालु वर्ष १० अर्बले बढ्यो प्रत्यक्ष वैदेशिक लगानी

1 मिनेट

३ असार, काठमाडौं ।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी एफडीआई उल्लेख्य बढेको पाइएको छ । चालु आर्थिक वर्ष आव० २०८०र८१ को ११ महिना ९जेठ मसान्त० सम्म कुल ४४ अर्ब ४० करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको छ । यो गत आव २०७९र८० को यसै अवधिको तुलनामा १० अर्ब भन्दा धेरै हो । अघिल्लो आर्थिक वर्षको जेठसम्म ३४ अर्ब ५८ करोड रुपैयाँ बराबरको प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको थियो ।

यस वर्ष सरकारले लगानी सम्मेलन आयोजना गरेको थियो । यसको प्रभाव लगानीमा देखिएको छ । उद्योग विभागका अनुसार जेठसम्म कुल ३५९ वटा प्रत्यक्ष वैदेशिक लगानीका प्रस्ताव स्वीकृत भएको छ । जेठ महिनामा मात्र ५२ वटा प्रस्ताव स्वीकृत भएको विभागको तथ्यांकमा उल्लेख छ । विभागका अनुसार जेठ महिनामा मात्र ३ अर्ब रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ ।

जेठसम्म कुल ९० वटा प्रस्ताव अटोमेटिक रुटबाट भित्रिएर स्वीकृत भएको विभागले जनाएको छ । जेठ महिनामा मात्र ६८ वटा प्रस्तावमार्फत ८ अर्ब २७ करोड रुपैयाँ बराबरको एफडीआई भित्रिएको विभागको आंकडामा उल्लेख छ ।

पछिल्लो तथ्यांक अनुसार नेपालमा कुल प्रत्यक्ष वैदेशिक लगानी करीव ५ खर्ब पुगेको छ । जेठसम्म ५ खर्ब ९४ अर्ब ३६ करोड रुपैयाँ बराबरको प्रतयक्ष वैदेशिक लगानी स्वीकृत भइसकेको विभागको तथ्यांकमा उल्लेख छ ।

अहिलेसम्म ६ हजार २१८ वटा एफडीआई स्वीकृत भइसकेको छ । स्वीकृत एफडीआईबाट ३ लाख २९ हजार ६५५ जनालाई रोजगारी सिर्जना हुने अनुमान गरिएको छ ।

 

आंकडा अनुसार नेपालमा साना उद्योगमा धेरै एफडीआई भित्रिएको पाइएको छ । यस वर्ष कुल ३४१ वटा साना उद्योगमा एफडीआई आएको छ । मध्यमस्तरीय उद्योगमा १४ र ठूला उद्योगमा ४ वटा मात्र प्रस्ताव स्वीकृत भएको छ ।

जेठ महिनामा ५१ वटा साना उद्योगमा एफडीआई स्वीकृत भएको छ । एउटा मात्र मध्यमस्तरीय उद्योगमा प्रत्यक्ष वैदेशिक लगानी स्वीकृत भएको विभागले जनाएको छ ।
पर्यटनमा आकर्षण

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।