हामीसँग जोडिनुहोस

सार्वजनिक बिदामा बढ्यो जिप्रका भक्तपुरमा सेवाग्राहीको चाप

2 मिनेट
भक्तपुर, ३ असार : आज ईदको सार्वजनिक बिदाको दिन । जिल्ला प्रशासन कार्यालय भक्तपुरको कोठा नं. ८ मा प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठ सेवाग्राहीको सेवामा व्यस्त देखिनुहुन्थ्यो ।
दिउँसो ३ बजे पत्रकार रमेश गिरी जिल्ला प्रशासन कार्यालय पुग्दा प्रजिअ श्रेष्ठ आफ्नो कार्यकक्षमा भेटिनु भएन । उहाँलाई कोठा नं. ८ मा सेवाग्राहीको समस्यामा सहजीकरण गरिरहेको देखियो ।
उहाँले भन्नुभयो, “साच्चै तपाईले लेखेको समाचार प्रभाव धेरै हुँदो रहेछ, अस्ति सार्वजनिक बिदामा पनि कार्यालय खुल्छन् भनेर समाचार सम्प्रेषण भयो, आज पहिलो पटक सार्वजनिक बिदामा अरु दिन जस्तै सेवाग्राहीको चाप बढ्यो ।”
यसअघिका सार्वजनिक बिदामा दुईचार जना सेवाग्राही मात्रै आउँदा कर्मचारी यत्तिकै बस्नु पर्नेमा आज भने एकैदिन १५० भन्दा बढी सेवाग्राही आउँदा तस्विर खिच्न र फाराम भर्न खटिएका कर्मचारी सुस्मिता तामाङ र ईश्वरा श्रेष्ठ तथा रुजु अधिकारी विजयप्रसाद धौभडेललाई दिनभर भ्याईनभ्याई भएको थियो ।
गत जेठ ३२ गते सार्वजनिक बिदाका दिन पनि सरकारी कार्यालय खुल्छन् शिर्षकमा समाचार सम्प्रेषण भएको थियो ।
आज एकैदिन राष्ट्रिय परिचय पत्रको फाराम भरेर फोटो खिच्न १२५ जना भन्दा बढी सेवाग्राही आएको, राहदानी बितरण, राहदानीको फाराम भर्न र राहदानी दिन तथा नागरिकता लिन १५० भन्दा बढी सेवाग्राही आएको प्रजिअ श्रेष्ठले बताउनुभयो ।
गृह मन्त्रालयले २०७९ चैत २ देखि राजपत्रमा सूचना प्रकाशित गरी १८ प्रकारका सार्वजनिक बिदाका दिनमा पनि अत्यावश्यकीय सेवा प्रवाह गर्ने सरकारी कार्यालय खोल्ने निर्णय गरेसंगै यस्ता कार्यालय सार्वजनिक बिदाका दिनमा पनि खुल्ने गरेको उहाँले बताउनुभयो ।
राष्ट्रिय परिचय पत्रदेखि राहदानीका लागि सेवाग्राही बिहान ७ बजेनै लाइनमा बस्न आउने भएपछि कार्यालयले टोकन सिस्म लागू गरेको थियो । राष्ट्रिय परिचय पत्र बनाउने सेवाग्राहीका लागि कार्यालयले दैनिक १०० जनाका दरले असार १२ गतेसम्मका लागिटोकन बाँडिसकेको उहाँले बताउनुभयो ।
कार्यालयमा आज प्रजिअ श्रेष्ठ, सहायक प्रजिअ डोरेन्द्र निरौला, प्रशासकीय अधिकृत अशोककुमार पोख्रेललगायत १४ जना कर्मचारीले आज सेवा प्रवाह गरेका थिए । कार्यालयले राष्ट्रिय परिचय पत्रका फाराम भर्दै तस्विर खिच्न आजसम्म दुईवटा टोली खटाएकोमा भोलीदेखि चार वटा क्यामरा, कम्प्युटरसहितको युनिट खटाइने उहााले बताउनुभयो ।
शनिबार बाहेकका अन्य चाँडबाड तथा पर्वलगायतका सार्वजनिक बिदाका दिन जिल्ला प्रशासन कार्यालयबाट नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र सम्बन्धी सबै काम हुने उहाँले बताउनु भयो ।
प्रमुख जिल्ला अधिकारी श्रेष्ठले भन्नुभयो, ‘बिदाको दिनमा हामीले कर्मचारीहरूको एउटा युनिट राखेका हुन्छौं । सेवा दिइरहेका हुन्छौँ । सार्वजनिक बिदामा दिनमा निकै कम काम हुन्थ्यो । अब सेवाग्राही आजको जस्तै अन्य बिदामा पनि बढ्ने आशा गरेका छौँ ।’

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।