हामीसँग जोडिनुहोस

कर्णाली चिनाउने तीनदिने ‘कनेक्टिङ कर्णाली’ अभियान सम्पन्न

3 मिनेट
भक्तपुर, ३ असार : ढोकाबाट प्रवेश गर्ने बित्तिकै राखिएको टेबुलमा कर्णालीमा उत्पादन भएको मार्सी चामल, दाल, सिमी, कोदो, फापरको पिठो, कपडा, राउटे समुदायबाट उत्पादित सामग्रीहरूको प्रदर्शनी तथा बिक्री कक्ष ।
त्यसलगत्तै लहरै राखिएका कर्णालीका बिभिन्न पालिकाको प्रसिद्ध  पर्यटकीय स्थल, देवालयदेखि दैलेखको सँस्कृति, सम्पदा, प्रकृति, सावर र पेट्रोलियम पदार्थ अन्वेषणका तस्विरहरुको प्रर्दशनी । प्रत्येक तस्विरमा लेखिएका त्यस स्थानको जानकारीमूलक शब्दहरु ।
त्यसपछि छिर्ने सानो हलमा राखिएको टेलिभिजनमा प्रर्दशन भइरहेको दैलेखको सँस्कृति, सम्पदा, प्रकृति, सावर र पेट्रोलियम पदार्थ अन्वेषणसँग सम्बन्धि बृत्तचित्रसहितका भिडियो । यी दृश्य हुन् मनघरी फाउण्डेशनले एनबि सेन्टरमा विगत तीनदिनदेखि प्रर्दशन गरेको शब्द, दृश्य, चित्र र उत्पादनको प्रर्दशनी संघीय राजधानीसँग कर्णाली जोड्ने ‘कनेक्टिङ कर्णाली’ अभियानको ।
असार १ गते शनिबारदेखि सुरु भएको तीन दिने शब्द, दृश्य, चित्र र उत्पादनको प्रर्दशनी ‘कनेक्टिङ कर्णाली’ को आज समापन गर्दै अभियानका परिकल्पनाकार एवं मनघरी फाउण्डेशनका अध्यक्ष भरतबन्धु थापाले अभियानको पहिलो चरणको कार्यक्रम सम्पन्न भएको बताउनुभयो ।
देशकै बिकट मानिने कर्णालीलाई संघीय राजधानी काठमाडौं उपत्यका एवं बिभिन्न जिल्लामा १० महिनासम्म प्रर्दशन गर्नेगरि सुरु भएको अभियानले कर्णालीको पर्यटन एवं भौतिक पवूर्वाधारको बिकासमा ठूलो टेवा पुर्याउने विश्वास लिएको उहाँले बताउनुभयो ।
कर्णाली प्रदेशमा रहेका १० जिल्लामा रहेका खस कला, संस्कृति र सम्पदाको खानीको दैलेख जिल्लाको पर्यटकीय एवं ऐतिहासिक, धार्मिक भौगोलिक, प्राकृतिक विषयको प्रचारबाट सुरु भएको अभियानमा ३२ वटा तस्विर र पाँच वटा भिडियोहरू प्रर्दशनी गरेको उहाँले बताउनुभयो ।
फाउण्डेसनका अध्यक्ष थापाले भन्नुभयो, “अभियानका सुरुवात दैलेखदेखि गरेको छौँ, अब प्रत्येक महिनाको पहिलो शनिबारदेखि कर्णालीका १० जिल्ला समेट्ने गरि यस्ता प्रर्दशनी गर्नेछौँ । कर्णालीलाई हेर्ने दृष्टिकोण अब बदल्नु पर्छ, पिछडियको कर्णाली मात्र हैन उजागर र अवसरको खोजीमा छ कर्णाली भन्ने सन्देश दिदै अभियानको सुरुवता भएको छ ।”
कार्यक्रमको सोसेक नेपाल, दैलेखी सेवा समाजको प्रवद्र्धनीमा प्रदर्शनीमा राखिएका अधिकांश तस्वीर फाउण्डेसनका अध्यक्ष थापा र विशाल सुनारले तथा एउटा तस्विर हरिहरसिंह राठौरले कैद गर्नुभएको हो भने पााच वटै भिडियो सुनारले ततयार पार्नु भएको हो ।
प्रर्दशनीमा श्रीस्वस्थानी व्रतकथा अनुसार सतीदेवीको शीर पतन भएको ज्वाला महादेव, सिद्धेश्वर महादेव मन्दिर, कालिका भगवती, गणेश, भैरव कालसैनी, बटुक भैरव लगायत विभिन्न देवीदेवताको मन्दिर, भुर्तिमा रहेको विश्व सम्पदा सूचीँमा रहेको चौधौ र पन्ध्रौं शताब्दीबका कर्णाली प्रदेशका खस मल्ल राज्यकालीन समयमा निर्माण गरिएको बाइस देवलरुको प्रर्दशनी गरिएको छ ।
विक्रम सम्वत १८४६ मा बहादुर शाहको नायबीकालमा गोरखाली सेनाले निर्माण गरेका कोतगढी, नौमुले, महाबु, राउटे जातिको रहन सहन, लोपोन्मुख अबस्थामा रहेको बन्यजन्तुको छालाबाट बन्ने सावरलागयतको तस्विर र भिडियो प्रर्दशनीमा राखिएको थियो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।