हामीसँग जोडिनुहोस

दिपक थापाले बुझाए ज्ञापन पत्र, मन्त्री श्रेष्ठले भने : बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोकिदैन

2 मिनेट

निवर्तमान् अध्यक्ष थापाले भन्नुभयो, “हामी मात्रै होइनौ, यतिखेर सम्पूर्ण खेलप्रेमीहरु चिन्तामा हुनुहुन्छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट काटिएपछि पालिकास्तरबाट खेलतर्फ अगाडि बढेका खेलाडीको उन्नयन नै रोकिने भयो, देशका गहनाका रुपमा रहेका खेलाडी उत्पादन रोकिए पनि राज्यलाईनै नोक्सान हो, त्यसैले राज्यले पालिकालाई बजेट पठाएर वा बैकल्पिक ब्यबस्था गरेर भएपनि प्रतियोगिता रोकिनु हुदैन भन्ने हाम्रो माग हो ।”

============================================================
भक्तपुर, ४ असार :  युवा तथा खेलकुद मन्त्री बिराजभक्त श्रेष्ठले बजेट अभावकै कारण राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता नरोकिने बताउनु भएको छ ।
आज जिल्ला खेलकुद बिकास समिति भक्तपुरका निवर्तमान् अध्यक्ष दिपक थापाको नेतृत्वमा गएको खेलाडीसहितको टोलीले पेश गरेको ज्ञापन पत्र बुझ्दै उहाँले पालिका स्तरमा उक्त प्रतियोगिता नरोकिने बताउनु भएको हो ।
स्थानीय तहबाटै राष्ट्रिय खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रत्येक वर्ष हुदै आएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट कटौती भएको विषयमा गम्भिर चासो राख्दै थापाको टोलीले देशभर प्रतियोगिता सूचारुको माग गर्दै आज मन्त्री श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको हो ।

मन्त्री श्रेष्ठले भन्नुभयो, “राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता रोक्नु हुदैन, बजेट अभावमा रोकिनु पनि हुदैन । यो प्रतियोगिता प्रत्येक पालिकाले हरेक वर्ष आफ्नै बजेटमा गर्नु पर्ने गरि कानून संशोधनको पहल गरिरहेको छु, यो प्रतियोगिता रोकिदैन ।”

उहाँले हालै बंगलादेशमा सम्पन्न अन्डर‐१९ अन्तर्राष्ट्रिय आमन्त्रित भलिबल प्रतियोगितामा सहभागि भई देशलाई पदक दिलाउन सफल खेलाडीहरुलाई बधाई दिदै आगामी दिनमा देशको नाम उच्च राख्न अभिप्ररित समेत गर्नुभयो ।
सरकारले यसअघि हरेक वर्ष पालिकाहरुलाई नगद रु. एक लाख रुपैया बजेट पठाएर राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्दै आएकोमा यसवर्ष उक्त बजेट काटिएकाले मन्त्रीलाई ज्ञापन पत्र बुझाएको समितिका निवर्तमान् अध्यक्ष थापाले बताउनुभयो ।
निवर्तमान् अध्यक्ष थापाले भन्नुभयो, “हामी मात्रै होइनौ, यतिखेर सम्पूर्ण खेलप्रेमीहरु चिन्तामा हुनुहुन्छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको बजेट काटिएपछि पालिकास्तरबाट खेलतर्फ अगाडि बढेका खेलाडीको उन्नयन नै रोकिने भयो, देशका गहनाका रुपमा रहेका खेलाडी उत्पादन रोकिए पनि राज्यलाईनै नोक्सान हो, त्यसैले राज्यले पालिकालाई बजेट पठाएर वा बैकल्पिक ब्यबस्था गरेर भएपनि प्रतियोगिता रोकिनु हुदैन भन्ने हाम्रो माग हो ।”
मन्त्रीसंगको भेटपछि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सूचारु हुनेमा आफूहरु विश्वस्त रहेको र सरकारले यो विषयलाई गम्भिर रुपमा लिईदिन थापाले आग्रह गर्नुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2024 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।