हामीसँग जोडिनुहोस

काँग्रेस नगर अध्यक्ष ढुङ्गेलद्धारा नगर प्रमुख थापालाई ध्यानाकर्षण पत्र प्रदान

6 मिनेट

भक्तपुर, ४ असार । नेपाली काँग्रेस सूर्यविनायक नगर समितिले सूर्यविनायक नगरपालिकाका प्रमुखलाई गम्भिर ध्यानाकषण पत्र बुझाएको छ । नेपाली काँग्रेस सूर्यविनायक नगर समितिका अध्यक्ष निशान ढुङ्गेलको नेतृत्वमा गएको टोलीले नगरपालिकाका प्रमुख वासुदेव थापालाई उहाँकै कार्यकक्षमा १४ बुँदे गम्भिर ध्यानाकर्षण पत्र बुझाएको हो ।

ध्यानाकर्षण पत्र बुझाएपछि पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा नगर अध्यक्ष ढुङ्गेले नेपाली कांग्रेस सुर्यविनायक नगरकार्यसमितिले नगरपालिकाले गरेका कार्यहरु र लिएका नीतिहरुप्रति मिहिन ढंगले विश्लेषण गरिरहेको बताउदै विकासका प्राथमिकता स्रोतको प्रभावकारी परिचालन तथा सु–साशनका सम्बन्धमा सधै नगरपालिका गम्भीर बन्न ध्यानाकर्षण गरेको बताउनुभयो ।

उहाँले नगरपालिकाले जन अपेक्षा र जनसरोकारका महत्वपुर्ण विषयमा नगरपालिकाले अझै पर्याप्त ध्यान पुर्याउन नसकेको भन्दै विगतमा दिएका राय–सल्लाह –सुझावका आधारमा पालिकाबाट भएका राम्रा कामहरुको भने प्रशंसा गरिएको बताउनुभयो ।

अध्यक्ष ढुङ्गेले नगरपालिकाबाट भएका–भु–बर्गीकरण नीति, नेपाल रेडक्रस सोसाइटी भक्तपुर सँगको सहकार्यमा नगरवासीलाई निःशुल्क रक्त उपलब्धताको व्यवस्था, निःशुल्क शव वहान सेवा, हनुमन्ते करिडोरमा नक्शा पासको व्यवस्था नगरक्षेत्रको विद्यालयहरुमा प्रतिस्पर्धाद्धारा प्रधानाध्यापकको छनौट, शिव सर्किट निर्माण, लौकुरी भञ्याङ्गदेखि साँगासम्म पर्यटन मार्ग घोषणा, मेलम्चीको पानीलाई सु.न.पा.का थप वडाहरुमा उपलब्ध गराउने प्रयास प्रशंसनीय भएको बताउनुभयो ।
उहाँलेः गम्भीर ध्यानाकर्षण गराउँदै आ.व.२०८१/०८२ का लागि नगरपालिकाको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्नका नगर प्रमुख थापालाई दृष्टिकोण समेत पेश गरेको बताउनुभयो ।

उहाँले नगर क्षेत्रका सामुदायिक विद्यालयहरुको भौतिक पुर्वाधार विकासलाई बालमैत्री र अपाङ्गमैत्री रुपमा विकास गरिनु पर्ने, सबै विद्यालयहरुमा प्रविधियुक्त शिक्षण विधि लागु गरिनु पर्ने, व्यावसायिक तथा प्राविधिक शिक्षा व्यवहारमा उतारिनु पर्ने, स्थानिय कला, संस्कृति, सीप, नैतिक शिक्षा, व्यवहारिक ज्ञान सहितको विषयगत पाठ्यक्रम लागु गरिनु पर्ने, संस्थागत विद्यालयहरुलाई लगानीमैत्री वातावरण सृजना गर्दै व्यवस्थित गरिनु पर्ने, संस्थागत विद्यालयबाट नगरपालिकालाई उपलब्ध–गराउने छात्रवृत्तिलाई कडाइकासाथ लागु गरि पारदर्शी बनाउनु पर्ने, शिक्षकहरुको सरुवा, बढुवा तथा सेवा सुविधा–प्रदान गर्ने कार्यमा राजनैतिक पुर्वाग्रह राख्न नहुने माग गरेको बताउनुभयो ।

त्यसैगरि स्वास्थ्यतर्फ प्रत्येक वडामा न्युनतम पनि स्तरीय प्रयोगशाला सहित पाँच बेडको अस्पताल संचालन ल्याई नगर अस्पतालको चापभार कम गर्ने प्रवन्ध गर्नुपर्ने, नगरका आवश्यक स्थानहरुमा सार्वजनिक सौचालय निर्माण गर्नुपर्ने, नगरको फोहोर व्यवस्थापनलाई व्यवस्थित गर्नुपर्ने, महंगो फोहोर व्यवस्थापन शुल्क तत्काल घटाउनु पर्ने, सुर्यविनायक नगर अस्पताललाई ट्रमा सेन्टरको रुपमा विकास गर्नुपर्ने, नगरपालिकाले निःशुल्क स्वास्थ्य विमाको व्यवस्थापन गर्नुपर्ने माग राखेको छ ।

त्यस्तै स्वच्छ पिउने पानी÷ढल निकास तर्फ खानेपानी समस्या देखिएका क्षेत्रहरुमा तत्काल सफा, स्वच्छ खानेपानी व्यवस्था गर्नुपर्ने, नगरक्षेत्रका खानेपानी उपभोक्ता समितिको अनुगमन गरी मुल्याङ्कन गर्ने पद्दती हुनुपर्ने, ढल व्यवस्थापन गर्न सकिने स्थानहरुमा ढलको प्रवन्ध गर्नुपर्ने, नगर भित्रको प्राकृतिक श्रोतको पहिचान गरी आत्मनिर्भर हुन सु.न.पा.वडा नं. ८ सिपाडोल स्थित आशापुरी लगायत क्षेत्रको मूलको पानी संकलन गरी सुर्यविनायक नगरवासीहरुमा यथासम्भव पानी वितरणको व्यवस्थापन गर्नुपर्ने माग राखेको छ ।

काँग्रेस नगर समितिले पर्यटनतर्फ नगरको समृद्धि र दिर्घकालिन निरन्तर आयस्रोतको सम्भावना बाकेको पर्यटन क्षेत्रको विकासका लागि शिव सर्किट तथा पर्यटन पदमार्गको व्यापक प्रचार प्रसार एवं आवश्यक पुर्वाधार निर्माण गर्नुपर्ने, लाकुरी भञ्ज्याङ्देखि साँगा सम्मको क्षेत्रलाई पर्यटन पदमार्ग सँगसँगै पर्याय पर्यटन  क्षेत्रको रुपमा विकास गर्न न्युनतम पुर्वाधार विकास सहित नीजि क्षेत्रको सहभागितामा विभिन्न स्थानहरुमा योग, ध्यान, रिक्रियशन सेन्टरको रुपमा विकास गर्नुपर्ने, सु.न.पा.४ मा निर्मित भ्यू टावरको सही सदुपयोग गरि त्यस्ता स्थानहरुलाई नीजि क्षेत्र आकर्षित हुने गरी दीर्घकालिन लिज दीर्घकालिन पद्दतीमा जान आवश्यक नीति निर्माण गर्नुपर्ने, स्थानीय कला, संस्कृति, जात्रा, पर्व, मठ मन्दीर, बाजागाजा संरक्षण, सम्बर्धन तथा प्रवद्र्धनका लागि विशेष ध्यान दिनुपर्ने, आन्तरिक तथा बाह्य पर्यटकहरुका लागि पर्यटन सुचना केन्द्र, म्ष्नष्तब िष्लायचmबतष्यल क्थकतझ प्रारम्भ गर्नुपर्ने, समय समयमा नगरभित्र मेला, महोत्सव, भ्रमण वर्ष, खाना महोत्सव स्थानीय कला संस्कृति प्रदर्शनी जस्ता गतिविधि मार्फत पर्यटक आकर्षित गर्नुपर्ने माग गरेको छ ।

त्यस्तै कृषितर्फ कृषि क्षेत्रको आधुनिकीकरण व्यवसायीकरणका लागि नगरपालिकाले प्रभावकारी कृषि नीति लागु गर्नुपर्ने, किसानहरुका लागि समयमै मलको उपलब्धता उन्नत जातका बीउ बितरणको प्रवन्ध बाली बीमामा अनुदानको व्यवस्था गर्नुपर्ने, नगदेवाली, पुष्पखेती, पशुपंक्षी पालन गरिरहेका किसानहरुका लागि उत्प्रेरित गर्ने प्रकृतिको कार्यक्रम ल्याउनुपर्ने, कौशी खेतीलाई प्रोत्साहन तथा हाइडा«ेपोनिक कृषि ९ज्थअचियउयलष्अ ाबचmष्लन० (पानीको सहयोगले पाइपमा तरकारी उत्पादन गर्ने विधि) प्रयोगको प्रारम्भ गर्नुपर्ने, कृषिमा युवा वर्गको आकर्षण बढाउन अनुदान तथा सहुलियत कर्जाको लागि पहल गर्नुपर्ने, कृषि बजारीकरणका लागि नगरपालिकाको कम्तीमा दुई स्थानमा कृषि वस्तु बेच बिखन गर्न कृषि चोक बजारको निर्माण प्रारम्भ गर्नुपर्ने माग गरेको छ ।

उद्योग व्यापार र अर्थतन्त्र तर्फ नगर क्षेत्रभित्र व्यवसाय गरिरहेका उद्योगी व्यवसायीहरु पहिचान गरी सबैलाई नगरपालिका दर्ता अभियान संचालन गर्नुपर्ने, प्रस्तावित नगर औद्योगिक ग्रामको यथाशिघ्र निर्माण तथा संचालन गर्नुपर्ने, क्तबचत–गउ द्यगकष्लभकक (नवप्रवर्तन) गर्न चाहने युवाहरुलाई आवश्यक तालिम सहित परियोजनाका आधारमा सहुलियतपुर्ण ऋण प्रदान गर्नुपर्ने, नगरक्षेत्रभित्र उद्यम व्यवसाय गरी नियमित राजश्व तिनै उत्कृष्ठ करदाता तथा उत्कृष्ठ रोजगारदाताहरुलाई वार्षिक रुपमा सम्मान गर्नुपर्ने माग समेत काँग्रेस नगर समितिले राखेको छ ।

त्यस्तै पुर्वाधार विकासतर्फ नगर क्षेत्रभित्र निर्माण शुरु गरी सम्पन्न हुन नसकेका सडक, पुल, पुलेसा, विद्युत , खानेपानी लगायतका पुर्वाधारका कामहरु अविलम्बन सम्पन्न गर्नुपर्ने, नगरको वडा नंं. १ र ४ मा पर्ने चरखण्डी खोला लगायत अन्य खोला तथा खोल्सीहरुको उचित मापदण्ड कायम गरी करिडोेर निर्माण गर्नुपर्ने, नगरको शहरी, भौतिक, पर्यटकीय, कृषी, औद्योगिक क्षेत्रको एकीकृत पुर्वाधार योजना अन्तर्गत विकास गर्नुपर्ने, नगरका सम्पूर्ण वडाहरुलाई समेट्ने गरी नगर रुट कायम गरी नगर बस सेवा सञ्चालन गर्नुपर्ने माग गरेको छ ।

सहरीकरण तर्फ भने नीजि क्षेत्रले जग्गा प्लटिङ् गर्दा सार्वजनिक जग्गा अतिक्रमण नहुने व्यवस्था गर्नुपर्ने, सार्वजनिक जग्गा संरक्षण योजना तयार गर्नुपर्ने, हनुमन्ते लगायत सबै नदी किनारहरुमा जग्गा नक्सा पास गर्दा न्यायपुर्ण मापदण्ड निर्धारण गर्नुपर्ने माग गरेको छ ।

वातावरण संरक्षणतर्फ नगर क्षेत्रभित्र रहेका सामुदायिक वन निजि वन र धार्मिक वन को संरक्षणका लागि जनचेतना, सतर्कता तथा डढेलो नियन्त्रणका लागि पुर्व तयारी योजना बनाउनुपर्ने, नगरक्षेत्रका पानीका मुहानहरुको संरक्षण गर्नुपर्ने, राष्ट्रिय प्राणी उद्यान यथाशीघ्र पुरा गर्न सम्बन्धित निकायमा पहल गर्नुपर्ने, गणेशमान बाटिका क्षेत्र आध्यात्मिक तथा पर्याय पर्यटनसँग पनि सम्बन्धित भएका कारण सो क्षेत्रको विकास र संरक्षणमा नगरपालिकाले अपनत्व प्रदर्शन गर्नुपर्ने, नगरपालिकाबाट प्रदान गरिने सेवा–सुविधा छिटो, छरितो र प्रविधिमैत्री हनुपर्ने, उपभोक्ता समिति गठनको सम्बन्धमा ब्यापक जनगुनासो रहेकोले सरोकारवाला समुह सम्बन्धित क्षेत्रका

उपभोक्ताहरुको ब्यापक भेला गरी वास्तविक उपभोक्ताको समिति गर्नुपर्ने, नगरपालिकाद्धारा प्रदान गरिएको सेवा सुविधा र जनसरोकारका विषयमा समय–समयमा सार्वजनिक सुनुवाई गर्नुपर्ने, अनुगमन तथा मुल्याङ्कन पद्दती बैज्ञानिक हनुपर्ने माग गरेको छ ।

कर तथा राजस्व प्रशासन तर्फ कर, करले होइन रहरले तिर्ने मैत्रीपुर्ण कर प्रसाशन नीति लागु गरियोस । करका दर होइन दायरा बढाउनुपर्ने, हाल नगरपालिकाले लगाउदै आएका केही क्षेत्रका करका दरहरु छिमेकी अन्य नगर पालिकाको तुलनामा बढी देखिएको हुदा अन्य सँग मेल खाने गरी पुनविचार गर्नुपर्ने, नगर गौरव÷वडा गौरव योजना्तर्फ आगामी ३ वर्षलाई लक्षित गरी नगर भित्रका बुद्धिजिवि, योजनावृद, समाजसेवी, सम्पुर्ण राजनैतिक दलको व्यापक सहभागितामा बडा तथा नगर गौरवका योजना पहिचान गरी कार्यान्वयन गर्नुपर्ने माग गरेको छ ।

सहकारीतर्फ राष्ट्रिय रुपमा बढ्दो सहकारी समस्यालाई समाधान गर्नको लागि कार्ययोजना सहितको अनुगमन निरिक्षण गरी बचतकर्ताको बचत रकम संरक्षण, सुरक्षित गर्न आवश्यक प्रवन्ध गर्नुपर्ने, सहकारी सिद्धान्त मर्म र भावना विपरित कार्य गरिने सहकारीहरुलाई कारबाही गर्नुपर्ने, बचतकर्ताले अत्यन्त मिहिनेत÷परिश्रम गरी आफ्नो उपयोगलाई समेत कटौटी गरी जम्मा गरेकोे बचत सञ्चालकहरुको दुर्नियतका कारण बचतकर्ताले फिर्ता पाउन सकेका छ्रैनन् । त्यस्ता केही संकतग्रस्ट सहकारीहरुबाट बचतकर्ताको बचत फिर्ता गर्न विशेष ध्यान दिनुपर्ने माग राखेको छ ।

त्यस्तै नगरपालिकाले विकास योजना तयार गर्दा प्राकृतिक स्रोत संरक्षण तथा व्यवस्थापन गर्दै दीगो विकास लक्ष्य समेतलाई ध्यानमा राख्दै उपलब्ध स्रोत र साधनको उच्चतम उपयोग गर्ने नीति लिनुपर्ने, विकास योजना कार्यान्वयन गर्दा अधिकतम सहमति न्युनतम क्षतिको नीति अबलम्बन गर्नुपर्ने, जनप्रतिनिधि जनताका सेवक हुन साशक होइनन् भन्ने मान्यतालाई आम नगरवासीले अनुभव गर्ने गरी व्यवहारमा उतार्नुपर्ने, अपाङ्ग वालवालिका, एकल महिला, विपन्न वर्ग समुदाय लगायत उत्थान गर्नको लागि कार्य योजना सहित आवश्यक व्यवस्थापन गर्नु पर्ने माग राखेको पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नगर अध्यक्ष ढुङ्गेलले नगरपालिकाले गर्ने राम्रा कामको साथ र समर्थन रहने बताउदै बजेटमा बिभेदिकरण नगरी समान रुपमा नगरको बिकासमा टेवा दिन आग्रह गरेको बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।