
भक्तपुर, ८ असार : भक्तपुर नगरपालिका‐१ घलातेमा आज सल्लाघारीबाट सूर्यविनायकतर्फ आँउदै गरेको बा. १३ च. २२६५ नं. को सुमोले ठक्कर दिदाँ पैदल यात्रीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते बाग्लुंङ गल्कोट नगरपालिका‐१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजादा मृत्यु भएको प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका‐९ बस्ने ५४ वर्षीय मधुकर के.सी.लाई पक्राउ गरि प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।