हामीसँग जोडिनुहोस

भक्तपुरबाट प्रहरी हुँ भन्दै दुई करोड लुटपाट

0 मिनेट

भक्तपुर । सूर्यविनायक नगरपालिका वडा नं ४ दधिकोटका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट भएको छ ।

आफूहरू प्रहरी भएको र खानतलासीका लागि आएको भन्दै चार/पाँचजनाको समूहले दधिकोटका एक व्यवसायीको घरबाट दुई करोड रुपैयाँ लुटपाट गरेका हुन् ।

भक्तपुर प्रहरीले उक्त घटनाको अनुसन्धान गरिरहेको र हालसम्म कसैलाई पक्राउ गर्न सकेको छैन । उक्त घटना मंगलबार राति भएपनि हालसम्म गोप्य राखिएको थियो ।

सीसीटीभी फुटेजमा चार/पाँचजनाको समूह व्यवसायीको घरमा गएको देखेपछि सोही फुटेजका आधारमा प्रहरीले आफ्नो अनुसन्धान अगाडी बढाएको छ ।

घटनाको अनुसन्धान भक्तपुर प्रहरी र उपत्यका अपराध अनुसन्धान कार्यालयले संयुक्त रुपमा गरिरहेको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।