हामीसँग जोडिनुहोस

देउवा र ओलीबीच मध्यरात सहमति, एमाले मन्त्रीहरुले आज राजीनामा बुझाउने

2 मिनेट

काठमाडौं । संसदका दुई ठूला दल एमाले र कांग्रेसले राष्ट्रिय सहमतिको सरकार बनाउने सहमति गरेका छन् । लामो गृहकार्यपछि दुई दलका शीर्ष नेता केपी शर्मा ओली र शेरबहादुर देउवाले नयाँ सरकार गठनका लागि मध्यराति सवा १२ बजे सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

संविधान संशोधनको एजेण्डासहित राष्ट्रिय सहमतिको सरकार बनाउने सहमतिपत्रमा हस्ताक्षर भएको बताइएको छ । कांग्रेसका एक नेताका अनुसार पहिलो चरणमा डेढ वर्ष एमालेका अध्यक्ष ओली प्रधानमन्त्री बन्नेछन् । दोस्रो चरणमापछि कांग्रेस सभापति देउवाले सरकारको नेतृत्व गर्नेछन् ।

सुरुमा नेतृत्व गर्ने एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भइसकेको छ । त्यस्तै, प्रदेश सरकारमा पनि दुई दलबीच भागवण्डा भएको छ ।

दुई नेताबीच निर्वाचन प्रणालीलगायतका विषयमा संविधान संशोधन गर्न सुझाव आयोग बनाउने सहमति भएको छ ।

आयोगले दिने सुझावका आधारमा संविधान संशोधनमा जाने उनीहरूको तयारी छ ।

राष्ट्रिय सहमतिको सरकारका लागि माओवादी केन्द्र, रास्वपालाई पनि सरकारमा आउन अनुरोध गर्ने दुई नेताबीच सहमति भएको छ ।

त्यो सम्भव नभए संविधान संशोधनका लागि आवश्यक पर्ने दुई तिहाइका लागि अन्य साना दलको साथ खोज्ने बताइएको छ ।

एमालेले काग्रेससँग सहमतीय सरकारको सहमति गरेसँगै प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकार विघटनको डिलमा पुगेको छ ।

एमालेले सरकार छाडेर समर्थन फिर्ता लिएसँगै प्रचण्ड अल्पमतमा पर्नेछन् । एमालेका मन्त्रीहरुले आज राजीनामा बुझाउने बताइएको छ ।

यसैबिच नयाँ सरकार गठनबारे काँग्रेस र एमालेका नेताहरू मध्यरातमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका थिए ।

राष्ट्रपति पौडेलसँग नयाँ सरकार गठन प्रक्रियाको बारेमा छलफल भएको स्रोतले बतायो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री नियुक्त भएका थिए ।

एमालेले प्रचण्डलाई दिएको विश्वास मत फिर्ता लिएपछि नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनेछ । ओलीले सोही धारा अनुसार नै नया सरकार गठनको चाहाना राखेकाले एमाले र काँग्रेसबिच राष्ट्रपति पौडेललाई राखेर नै नयाँ सरकार गठनबारे छलफल भएको हो ।

राष्ट्रपतिबाट हुन सक्ने अवरोधको सम्भावना टरेपछि दुवै दल सहमति अनुसार अगाडि बढ्ने भएका हुन् । दुई तिहाइ पुरयाउन आउने पार्टीलाई पनि मन्त्रालय दिने गरी अध्यक्ष ओली र सभापति देउवाबिच समझदारी भएको छ ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।