हामीसँग जोडिनुहोस

गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी विभिन्न कार्यक्रम गरी मनाइँदै

1 मिनेट

असार १८, काठमाण्डौ ।

नेपालमा माओवादी द्वन्द्वको अन्त्यगरी शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन नेतृत्वदायी भूमिका निर्वाह गरेका पूर्वप्रधानमन्त्री एवम् कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको जन्मशताब्दी आज विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा शान्ति स्थापनाका लागि कोइरालाले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै आज नेपाली कांग्रेस, यसका भ्रातृ एवम् शुभेच्छुक संस्थाले कार्यक्रम गरी उहाँको एक सयऔँ जन्मजयन्ती मनाउँदै छन् । यस अवसरमा कांग्रेसको केन्द्रीय सूचना, सञ्चार तथा प्रचार विभागले आज पार्टी केन्द्रीय कार्यालयमा क्रान्तिदेखि शान्तिसम्मु विषयक तस्बिर प्रदर्शनी गर्दैछ ।

प्रदर्शनीमा गिरिजाप्रसाद कोइरालाको जीवनीका तस्बिर राखिने र विमर्श कार्यक्रमसमेत गरिने पार्टीले जनाएको छ । १९८१ साल असार १८ गते पिता कृष्णप्रसाद कोइराला र माता दिव्या कोइरालाको कोखबाट उहाँको जन्म भएको थियो । २००४ सालमा विराटनगर जुटमिलमा भएको मजदुर आन्दोलनबाट राजनीतिमा प्रवेश गरेका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति हुनुभएको थियो । उहाँ कांग्रेसको पाँचौँ सभापति बन्नुभएको थियो ।

कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहनुभयो । २०४८, २०५५ र २०५६ मा गरी उहाँ २०६२र२०६३ को आन्दोलनअघि तीन पटक प्रधानमन्त्री बन्नुभयो । तत्कालीन राजा ज्ञानेन्द्रले २०६१ माघ १९ गते दलमाथि प्रतिबन्ध लगाउँदै आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा लोकतन्त्रको स्थापनाका लागि आन्दोलनको नेतृत्वसमेत गर्नुभएको थियो । यो आन्दोलन सफल भएपछि उहाँ चौँथोपटक प्रधानमन्त्री बन्नुभयो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्रध्यक्षको कार्यभारसमेत सम्हाल्नुभएको थियो । कोइरालाको २०६६ चैत ७ गते निधन भएको थियो ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।