हामीसँग जोडिनुहोस

गरिबको झुपडीसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउछौं, घरघरमा धारो पुर्याउछौँ : नगर प्रमुख वासुदेव थापा

3 मिनेट

-रमेश गिरी

भक्तपुर, २१ असार : सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले गरिबको झुपडीसम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउने बताउनु भएको छ । आज नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा १६ औं नगर अधिवेशनबाट पारित आर्थिक वर्ष २०८१/०८२ को नीति, कार्यक्रम तथा बजेटबारे जानकारी दिदै उहाँले सूर्यविनायक नगर अस्पताल र प्रत्येक वडाका स्वास्थ्य केन्द्र मार्फत जनताको घरदैलोमा स्वास्थ्य सेवाको पहुँच पुर्याउने बताउनु भएको हो ।

उहाँले भन्नुभयो, “सूर्यविनायक नगर अस्पतालको क्षमता बृद्धि गर्दै अत्याधुनिक प्रबिधिमैत्री बनाउन नगरपालिकाले यसवर्ष १५ करोड रुपैयाँ बजेट बिनियोजन गरेको छ, आवश्यक परे थप बजेटको व्यबस्थापन गर्नेछौँ, अबको तीन महिना भित्र अस्पतालमा ठूला शल्यक्रियाहरु सुरु गर्नेछौँ ।” सूर्यविनायक नगर अस्पताललाई सबै नागरिकको सेवा प्रदान गर्दै पूर्वका जिल्लाबाट आउने बिरामी र अरनिको राजमार्गमा भएका दुर्घटनामा परेका विरामीको उपचारलाई क्न्द्रीत गर्दै सेवा बिस्तार गर्ने उहाँले बताउनुभयो ।

नगरवासीका लागि एक घर एक धारो अभियान सञ्चालन गरेको बताउदै उहाँले सूर्यविनायकको वडा नं. १ देखि ६ सम्म शुद्ध खानेपानी पुर्याउन २० लाख लिटर क्षमताको ट्यांकी निर्माण गरेको बताउनुभयो । उहाँले खानेपानीको उचित वितरणका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेडलाई जिम्मा दिदै त्यसका लागि आठ करोड बजेटको व्यबस्था गरेको बताउनुभयो ।

शिक्षाका विकासका लागि गुणस्तरीय शिक्षा नीति, सुविधा सम्पिन्न विद्यालय भवन, प्रतिस्पर्धाबाट प्रधानाध्यापकको नियुक्त जस्ता उपलब्धीमूलक अभियान सुरु गरेको भन्दै उहाँले मठ, मन्दिर, सम्पदा र ढलको बिकास एवं सुधारका काम गरेको बताउनुभयो । नगरपालिकाले ८७ वटा ऐन कानून बनाएको बताएको र त्यही कान्रनमा टेकेर काम गरेकाले बिभिन्न दलहरुबाट विजयी भएका जनप्रतिनिधीबीच कुनै बिबवाद नभई सात बर्षसम्म सबै वैठक सर्वसम्मत भएको बताउनुभयो ।

नगर प्रमुख थापाले २०७३ सालमा नगरपालिकाको स्थापना भएदेखि सात वर्षको समयमा सबै वैठकहरु सर्वसम्मत भएको बताउदै नगरपालिका स्थापना भएदेखि १६ वटा अधिवेशन र १७० वटा वैठक सर्वसम्मतिमा सम्पन्न भएको बताउनुभयो ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले चालू आर्थिक वर्षको बजेट संशोधन गरेर घटाइएको बताउनुभयो । नगरपालिकाले चालू आर्थिक वर्षका लागि २ अर्ब ७ करोड रुपैयाँ बराबरको बजेट ल्याएको थियो । उक्त बजेटलाई संशोधन गरि २ अर्ब २१ लाख रुपैयाँ बनाइएको सापकोटाले बताउनुभयो ।

प्रबक्ता सापकोटाका अनुसार, चालु आर्थिक वर्षमा नगरपालिकाले संघ र प्रदेशको अनुदानसहित कुल २ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षमा खर्च भने आम्दानीको ६०.३ प्रतिशत अर्थात् १ अर्ब २९ करोड रुपैयाँ मात्र भएको बताउनुभयो ।

सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्षका लागि संघीय सरकारको विभिन्न शिर्षकबाट अनुदानबापत प्राप्त हुने ७२ करोड ३१ लाख रुपैयाँ, प्रदेश सरकारको ४८ करोड ७ लाख रुपैयाँ र नगरपालिकाको आन्तरिक आम्दानी १ अर्ब ३ करोड ६० लाख रुपैयाँसहित कुल २ अर्ब २४ करोड रुपैयाँको बजेट ल्याएको छ । उक्त बजेटमध्ये आर्थिक विकासका लागि ११ करोड ८९ लाख रुपैयाँ र सामाजिक विकासका लागि ८३ करोड ८४ लाख रुपैयाँ खर्च गरिने बताउनुभयो । त्यस्तै, पूर्वाधार विकासतर्फ ८७ करोड १६ लाख रुपैयाँ, सुशासन तथा अन्तरसम्बन्धित क्षेत्रतर्फ ११ करोड ५ लाख रुपैयाँ र वन वातावरण तथा विपद र कार्यालय संचालन तथा प्रशासनिक खर्चतर्फ ३० करोड ४ लाख रुपैयाँ विनियोजन गरिएको सूर्यविनायकका प्रवक्ता रविन्द्र सापकोटाले बताउनुभयो ।

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।