हामीसँग जोडिनुहोस

अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ३ जनाको मृत्यु,२ जना घाइते

1 मिनेट

२२ असार,काठमाडौँ ।

अविरल वर्षाका कारण आएको बाढी पहिरोबाट ३ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । काठमाडौँको नागार्जुन नगरपालिका ३ मा ट्रिपिकल रेस्टुरेन्टको किचेन कोठमा माथिबाट पहिरो आई पुरिँदा वर्ष २२ का मनोज वि।क। घाइते भई मनमोहन अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

स्याङ्जाको बिरुवा गाउँपालिकामा पहिरोले घर पुरिँदा २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । बिरुवा गाउँपालिका वडा ६ लामाखेतका ईश्वरी लम्सालको घर पहिरोले पुरेको हो ।
पहिरोमा परी बिरुवा(६ माझकोटकी ६५ वर्षीया गुहेश्वरी शर्मा मरासिनी र ६७ वर्षीया हरिमाया शर्माको ज्यान गएको हो । माझकोटकै ७१ वर्षीय माधव शर्मा बेपत्ता छन् ।

पर्वतमा पहिरोले २ जना पुरिएका छन् । फलेवास नगरपालिका १ कार्कीनेटामा पहिरो जाँदा २ जना बेपत्ता हुन् । स्थानीय कुलप्रसाद पाध्याको गोठमा पहिरो झरेको बताइएको छ । भैँसीबाख्रा उद्धार गर्न जाँदा स्थानीय ४० वर्षका झलकप्रसाद शर्मा र आँधिखोला गाउँपालिका ३ का ३३ वर्षीय तुलसी प्रसाद शर्मा बेपत्ता भएका हुन् ।

दोलखाको गौरीशंकर गाउँपालिका ९ मा बाढीले बर्ष ६३ की जाङ्मु शेर्पालाई वेपत्ता बनाएको छ । प्रहरीका अनुसार गौरीशंकर हिमालको फेदबाट हिमपहिरो आई छोम्मु गोल्जु खोला थुनिएको र रोल्वालिङ खोलामा मिसिएर पानीको बहाव बढेर बाढी आउँदा होटलको सामान सार्ने क्रममा शेर्पा बेपत्ता भएकी हुन । सोही स्थानमा बाढीले ३ वटा घर समेत बगाएको छ ।

दाङको राजपुर गाउँपालिका २ का राजकुमार यादवलाई राप्ती नदी पार गर्ने क्रममा नदीले बगाई बेपत्ता भएका छन् । गुल्मीको रुरु क्षेत्र गाउँपालिका ३ मा पहिरोले घर पुर्दा वर्ष ४५ की रुपा टमटा घाइते भएकी गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ ।

भक्तपुरको हनुमन्ते खोलामा आएको बाढीबाट मध्यपुर ठिमी दिव्यश्वरी प्लानिङमा १८ वटा टहरामा बस्ने ५६ जना मानिसहरूलाई उद्धार गरिएको प्रहरीको भनाई छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।