हामीसँग जोडिनुहोस

भारत उत्तर प्रदेशमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु

1 मिनेट

असार २६, काठमाडौँ ।

भारत उत्तर प्रदेशको उन्नावमा बस दुर्घटना हुँदा कम्तीमा १८ जनाको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बुधबार बिहान आगरा(लखनऊ एक्सप्रेसमा यात्रुवाहक बस दुर्घटना भएको हो । बिहारको सीतामढीबाट दिल्ली गइरहेको बस दुध बोकेको ट्यांकरसँग ठोक्किएको हो ।

आगरा लखनऊ एक्सप्रेस वेमा बस दुर्घटना स् कम्तीमा १८ जनाको मृत्यु

दुर्घटनामा मृत्यु हुनेहरूमा १४ पुरुष, ३ महिला र एक बालक रहेका छन् । दुर्घटनामा ३० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुर्घटनामा मारिएका प्रति समवेदना प्रकट गर्दै सहयोगको घोषणा गरेका छन् । प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट मृतकका परिवारलाई २ लाख रुपैयाँ सहयोग र घाइतेहरूलाई प्रतिव्यक्ति ५० हजार दिइने उनको घोषणा छ ।

 

ट्रेण्डिङ

Chairman: Ravi Khadka
Managing Director: Ramesh Giri

व्यवस्थापकः लक्ष्मण तिमिल्सिना कार्यक्रम संयोजक: बाल मुकुन्दास सुवाल बजार प्रमुखः निरन्जन बजगाईँ
सम्पादकः अमृता अर्याल समाचार संयोजकः सुस्मा थापा आइटि प्रमुखः इ. जमिन राई मल्टिमिडियाः प्रविन श्रेष्ठ फोटो/भिडियोः आषिस पौडेल
कमला शर्मा सन्तोसी पान्डे प्रतिभा धौबजी सुनिता श्रेष्ठ
©2025 Design and Developed By: Jamin Rai
सम्पर्क
Radio Himalalayan 99.7 Mhz Electro MS International Pvt. Ltd Radio Himalalayan 99.7 Mhz Regd:894/073/074, Vat No:601246650
ठेगाना सूर्यबिनायक–८, जगाती भक्तपुर, नेपाल
यस वेवसाइटमा प्रकाशित कुनै पनि सामग्रीहरू पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।